म्याग्दी,४ कात्तिक । म्याग्दीको बेनी अस्पतालमा कार्यरत एक जना डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको छ । पीसिआर परीक्षणबाट अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । केही दिन अघि कोरोनाको लक्षण देखिएका विरामी अस्पतालमा सेवा लिन आएका थिए ।
असोज २९ गते कोरोना संक्रमण पुष्टि भएका दुईजना विरामीको उपचारमा संलग्न डाक्टरको कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताए ।
कोरोना संक्रमणको लक्षण देखिएर असोज २६ गते अस्पतालमा उपचार गर्न आएका जलजला ३ का ४९ वर्षीय पुरुष र रघुगंगा हाइड्रोमा कार्यरत ४३ वर्षीय पुरुषको कोरोना पुष्टि भएपछि उपचारमा संलग्न स्वास्थ्यकर्मीले पिसिआर परीक्षण गराएका थिए ।
स्वास्थ्यकर्मीमा नै कोरोना देखिएपछि अस्पतालमा थप सतर्कता अपनाइएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । अस्पतालमा कार्यरत अन्य २३ जना पनि क्वारेन्टाइनमा रहेका छन् । अत्यावश्यक सेवा बाहेकका अन्य सेवा लिन नआउन अस्पतालले अनुरोध गरेको छ । म्याग्दीमा पहिलोपटक स्वास्थ्यकर्मीमा समेत कोराना देखिएको र अस्पतालमा उपचारका लागि आउने व्यक्तिहरुमा समेत संक्रमणको जोखिम बढेको छ ।
यस संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या ६८ पुगेको छ ।
Related News
सम्बन्धित समाचार
टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर
कोरोनाको नयाँ भेरियन्ट : संक्रामक तर घातक कम
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
hero news full width
मुख्य समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
माघ १०, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
माघ १०, २०८१