पोखरा । पोखरामा दमका विरामीले प्रयोग गर्ने औषधी अभाव हुन थालेको छ । कोरोना संकटलाई देखाएर कम्पनीले नपठाएपछि विरामीले पर्याप्त औषधी नपाएका हुन् । आस्थालिन इन्लर र एराकोड इन्लरको बढी अभाव देखिएको अस्पतालहरुले जनाएका छन् । ‘दुवै औषधी दमको लागि चाहिन्छ । कोरोनाको बेला दमका रोगी बढी समस्यामा छन्,’ अन्नपूर्ण अस्पतालका सन्तोष पाण्डे भन्छन्, ‘माग अनुसार आयात नहुँदा उपचार गर्न समस्या परेको छ । विरामीले मागेका औषधी दिन पाएका छैनौं ।’ उनका अनुसार टिटी खोप समेत अभाव छ ।
‘टिटी सुई कतै छैन । खोज्दा पनि पाईंदैन । विरामी आए भने छैन भनेर फर्काउन थालेको छु,’ चाउथे स्थित तेजस्वी फार्मेसीका सञ्चालक डोलराज पोखरेलले भने, ‘विरामी अस्पताल जाने वित्तिकै लगाउने सुई टिटी हो । महिनादिन अघिदेखि सुई छैन ।’ औषधी अभावका कारण उपचारका लागि आएका विरामी समेत त्यसै फर्किन बाध्य छन् ।
पछिल्लो तीन महिनादेखि यि औषधीहरुको आयात घटेको पोखरामा औषधीको होलसेल ब्यापार गर्ने रुसा फर्मा इन्टरप्राईजेज सञ्चालक हरि दाहालले बताए । ‘अहिलेसम्म स्टकले जेनतेन काम चलिरहेको छ । अझैपनि आएन भने चरम अभाव हुन्छ,’ उनले भने, ‘हामीले २ हजार औषधीको माग पठाउछौं, उताबाट २ सय औषधी आउँछ ।’ कम्पनीले कोरोनालाई देखाएर कम औषधी पठाएको उनको भनाई छ । ‘कम आयातको कारण कम्पनीले भनेको छैन । पर्याप्त मात्रामा सप्लाई छैन,’ उनी भन्छन्, ‘मेनपावर नभए कम उत्पादन भएको सुनेका छौं । १ महिनापछि पर्याप्त आयात हुने आश्वासन दिएका छन् ।’
पोखराका ब्यापारीहरुले कास्की सहित, स्याङजा, पर्वत, म्याग्दी, बागलुङ, मुस्ताङ, तनहुँ, गोरखासम्म औषधी सप्लाई गर्छन् । यहाँ १० भन्दा बढी सप्लायरहरु छन् । एउटै मात्र कम्पनीको औषधी आउने भएकोले बढी अभाव देखिएको दाहालको भनाई छ । ‘दमका औषधी सिप्लाले मात्रै पठाउँछ । टिटी सुई पनि विई कम्पनीको मात्रै छ,’ उनले भने, ‘धेरै कम्पनीको औषधी आए यस्तो अभाव खेप्नु पर्थेन ।’ दुवै औषधी भारतीय कम्पनीले उत्पादन गर्ने हुन् । औषधी अभाव भएपछि विरामीलाई धेरै स्टक औषधी नदिन अस्पतालसँग उनीहरुको आग्रह गरेका छन् ।
Related News
सम्बन्धित समाचार
एन प्याब्सन महाधिवेशन फागुनमा
रिहर्सलमा ‘सपना डिलक्स कोच’
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
प्राडा पाठकको पदभार
करार र काजले भरिएको पोखरा महानगर
hero news full width
मुख्य समाचार
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१