पोखरा । मुस्ताङको कोरला स्थित नेपाल र चीनको सीमा क्षेत्रमा मन्त्री र सचिवहरुले भ्रमण गरेका छन् । उत्तरी ७ नाका खोल्ने दुई देशबीच सहमति भैसकेको अवस्थामा कोरला नाकामा भौतिक पूर्वाधार निर्माणको लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले अवलोकन गरेका हुन् । उनीहरुसँगै मन्त्रालयका सचिवहरु, भन्सार कार्यालयका महानिर्देशक लगायत बुधबार कोरला पुगेका हुन् ।
नाका हेरेपछि परराष्ट्रमन्त्री ज्ञवालीले नाका नजिक भौतिक संरचना निर्माणका लागि तत्कालै बजेट ब्यवस्था गर्ने बताए । भन्सार, अध्यागमन र क्वारेन्टिन तत्कालै बनाउने सरकारी तयारी रहेको उनले सुनाए । यद्यपी सरकारले बजेट विनियोजन भने गरिसकेको छैन ।
चीनतर्फ अत्याधुनिक भौतिक संरचना बनिरहेका बेला नेपालतर्फ अहिलेसमम केही काम भएको छैन । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री भट्टले दुई देशको औद्योगिक माल सामान ओसारपसारका लागि यो नाका महत्वपूर्ण भएको बताए । नाका नजिक आवश्यक संरचना निर्माणका लागि सरकार तयार रहेको उनको भनाई छ ।
सांसद इन्द्रधारा बिष्टका अनुसार चीनतर्फका सडक कालोपत्रे गरिएको छ । नेपालबाट नाकामा भर्खरै ग्राभेल सडक पुगेको छ । यसैलाई लक्षित सरकारले मुस्ताङ र म्याग्दी खण्डको सडक स्तरोन्नतीको काम गरिरहेको छ । यो नाका नुन साँट्ने नाकाको रुपमा परिचित छ । उपल्लो मुस्ताङ र तिब्बतबीच ब्यापार पनि हुँदै आएको छ । पछिल्लो समय ब्यापारिक गतिविधि निकै घटेको छ ।
Related News
सम्बन्धित समाचार
पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
स्याङ्जाली सम्पर्क सदन पोखराको ३० औं स्थापना दिवस
शिक्षाविद् डा.कायस्थको सालिक अनावरण
पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
नेपाल स्रष्टा समाज गण्डकी प्रदेश समिति घोषणा
hero news full width
मुख्य समाचार
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
माघ ३, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१