पोखरा । पोखरा उद्योग वाणिज्य संघले गण्डकी प्रदेश सरकारले घोषणा गरेको व्यवसाय जीवनरक्षा कोष तत्काल प्रयोगमा ल्याउनुपर्ने माग गरेको छ । साथै सरकारले आर्थिक वर्ष २०७७÷०७८ को मौद्रिक नीतिमार्फत् घोषणा भएको राहत प्याकेज वास्तविक पीडित व्यवसायीले पाउनुपर्नेमा पनि जोड दिएको छ।
संघले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दामु अधिकारीले प्रदेश सरकारले घोषणा गरेको कोषबाट राहत पाउने आशामा रहेका व्यवसायीहरु कार्यविधि नै नबन्दा निराश बनेको गुनासो गरे ।
उनले भने, ‘मृत्युपछि ओखतीको काम हुँदैन । कोष तत्काल कार्यान्वयनमा आउनुपर्ने संघको माग रहेको छ ।’
उनले ढलेका व्यवसाय उठाउन राज्यबाट सहयोगको टेकोे दिइयोस् भन्ने निजी क्षेत्रको माग रहेको बताउँदै नेपाल सरकारले आर्थिक वर्ष २०७७÷०७८ को मौदिक नीतिमार्फत् घोषणा भएको राहत प्याकेजहरु वास्तविक पीडित व्यवसायीले पाउनुपर्नेमा जोड दिए ।
लकडाउन र निषेधाज्ञा त खुले पनि उद्योग व्यवसायले गति लिन नसकेको उनको भनाइ थियो । अध्यक्ष अधिकारीले कोभिड–१९ ले सृजना गरेको विषतमताकै बीच कतिपय व्यवसायीहरु पलायन भएका तथा धेरैजसो व्यवसायीहरु बैंकबाट लिएको कर्जाको साँवा र ब्याज कसरी बुझाउने भन्ने तनावमा भएको बताए ।
यसैबीच, संघले गत वर्ष आयोजना गरेको राष्ट्रिय औद्योगिक व्यापार मेलाबाट १२ लाख ४२ हजार बचत हुने अनुमान गरेको छ ।
अध्यक्ष दामु अधिकारीका अनुसारले संघले प्रवेश टिकटबाट १५ लाख ३१ हजार तथा विभिन्न शीर्षकमा भएका प्रायोजक लगायतका स्रोतबाट ८२ लाख ९२ हजार गरी ९८ लाख २३ हजार आम्दानी गरेको थियो । सबै खर्च कटाउँदा बचत रकम कम भएको उनले बताए ।
संघले बचतको लागि मेला आयोजना नगरेको प्रष्ट पार्दै अध्यक्ष अधिकारीले उद्यमशीलता विकास तथा उपभोक्ता र उत्पादकलाई एउटै थलोमा भेट गराउनु मेलाको उद्देश्य भएको जिकिर गरे । उनले कोरोनाका कारण आम्दानीका हिस्सा अझै संघको खातामा नआएको जनाउँदै भुक्तानी पनि फरफारक हुन नसकेको प्रष्ट पारे ।
संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले मेला र महोत्सवको प्रवर्तक संघले कोरोना कहर सकिनासाथ मेलाको आयोजना गर्ने जानकारी दिए ।
महासचिव अर्जुन पोखरेलले लामो इतिहास बोकेको पोखरा उद्योग वाणिज्य संघ व्यवसायीको हकहितको अलावा सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेको स्मरण गरे ।
संघले २०७६ पुस १८ देखि २८ गतेसम्म समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७६ आयोजना गरेको थियो । मेला सम्पन्न गर्न नेपाल उद्योग वाणिज्य महासंघका मेला समिति सभापति दिलसुन्दर श्रेष्ठको संयोजकत्वमा ४ सय ५१ सदस्यीय मेला मूल आयोजक समिति तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्षतामा अध्यक्षतामा कार्य सम्पादन समिति गठन गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
निर्माण व्यवसायीले बुझाए ज्ञापन
सुलभको बम्पर उपहारमा राहुललाई स्कुटर
एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस
hero news full width
मुख्य समाचार
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघ ७, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१