पोखरा, १९ असोज ।
‘तिमी भुल्यौ तर्ल्याङ र तुर्लुङमा
म त भुलेँ मायाको फुर्लुङमा
सोह्र वर्षे बैंश
भर्भराउँदो आगो जस्तो सोह्र वर्षे बैंश
झन् अझै खतरा चालिसपछि रैछ’
राजधानी बाहिर रहेर अत्यधिक गीत रेकर्ड गराउने देशकै एक अब्बल गीतकार सुमन श्रापितद्वारा रचित नयाँ गीत ‘मायाको फुर्लुङ’ बजारमा आएको छ।
गीतमा सोह्र वर्षको भन्दा चालिसपछिको बैंश खतरा हुने कुरा जनाइएको छ । अहिलेको चलनचल्तीकै अनुसार नचाउनेखालको रोमान्स गीत रहेको छ।
यस गीतका गायक तथा संगीतकार बैकुण्ठ रायमाझी हुन् । उनलाई सहगायनमा नेपाली लोकसांगीतिक क्षेत्रकी चर्चित गायिका प्रीति आलेले साथ दिएकी छिन् । गुल्मीको मुसिकोटमा जन्मिएका गायक एवं संगीतकार रायमाझी केही वर्षदेखि विदेशी भूमिमा रहे पनि गीत संगीतलाई निरन्तरता दिँदै आएका छन् ।
चर्चित सर्जक बीबी अनुरागीले संगीत संयोजन गरेको गीत सेरोफेरो नेपाल नामक युट्ब च्यानलबाट सार्वजनिक भएको हो । प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियो पनि उत्कृष्ट बनेको छ ।
पछिल्लो समयका नेपाली म्यूजिक भिडियोका अत्यन्तै ब्यस्त मोडलद्वय दुर्गेश थापा र अञ्जली अधिकारीको अभिनय रहेको भिडियोको निर्देशन तथा कोरियोग्राफी प्रकाश भट्टले गरेका हुन् । नवराज उप्रेतीले खिचेको भिडियो सम्पादन विष्णु शर्माको हो ।
Related News
सम्बन्धित समाचार
मिस तामाङमा १३ प्रतिस्पर्धी
सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
‘मनमाया’ गीतको भिडियो सार्वजनिक
निर्देशक कमल गुरुङ सम्मानित
राणा एण्ड गान्धी ग्रुप आयोजनामा पोखरामा फेस्टिभल शो
hero news full width
मुख्य समाचार
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१