लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

रासस
असाेज ३, २०७७

बलेवा, ३ असोज । आज बिहानको अविरल वर्षापछि खसेको पहिराले मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । जिल्लाको काठेखोला गाउँपालिका–५ इनारपानी र गलकोट नगरपालिका–९ बाँसखोलामा पहिरो खसेपछि लोकमार्ग अवरुद्ध भएको हो । आज बिहानदेखि पहिराले लोकमार्गमा सवारी आवातजावत ठप्प छ । पश्चिम बुर्तिबाङ, खरबाङ, गलकोटलगायतका ठाउँबाट छोटो तथा लामो दूरीमा चल्ने सवारी साधन बीचमै रोकिएका छन् ।

बिहानैदेखि पहिरो हटाउने काम शुरू भएको प्रहरीले जनाएको छ । दिउँसोसम्म सडक सञ्चालन हुने जिल्ला ट्राफिक प्रहरी प्रमुख शिव पाठकले बताए । ‘डोजर लगाएर काम भइरहेको छ, प्रहरी टोली खटिएको छ’, उनले भने, ‘ठूलो पहिरो गएका कारण समय बढी लाग्ने देखिन्छ ।’

Related News

सम्बन्धित समाचार

hero news full width