पोखरा । लायन्स क्लब अफ पोखरा हिमालयनको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ५४ जनाले रक्तदान गरेका छन् ।
ब्लड डोनेसन डिपार्टमेन्ट चिफ बालकृष्ण शर्माले पहिलो रक्तदातालाई ब्लडव्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए । उनले लायन्स क्लबहरुले यस्ता प्रकारका मानवीय सेवाका कैयन कार्यमार्फत सामाजिक उत्तरदायित्व बहन गरिरहेको बताए । यस्ता प्रकारका कार्यक्रमहरुको निरन्तरता जरुरी रहेकामा उनले जोड दिएका छन् ।
जोन–८३ जोन चियरपर्सन सपना रानाले कोरोना महामारीका कारण अस्पतालमा उपचार गराइरहेका बिरामीहरुका लागि समेत रगतको अभाव हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै लायन्स क्लब र ती क्लबहरुमा आवद्ध लायनहरुलाई यस्ता प्रकारका निःस्वार्थ सेवामा समर्पित हुन उत्प्रेरणा प्रदान गरिन् ।
क्षेत्रीय रक्तसंचार केन्द्र पोखराका प्राविधिक प्रमुख अर्जुन ज्ञवालीले रक्तदान गर्दा मानिस थप स्वस्थ र तन्दुरुष्ट हुने उल्लेख गर्दै योग्य र स्वस्थ मानिसका लागि रक्तदान अनिवार्य हुने बताए ।
क्लब अध्यक्ष दिनेशराज शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत क्लबका पूर्व अध्यक्ष एवं सल्लाहकार सुविन्द्र श्रेष्ठ र संचालन सचिव नवीन नापितले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
hero news full width
मुख्य समाचार
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१कर्मयोगी भक्तराज सम्मानित
फागुन १, २०८१ऐतिहासिक खेलमा सर्वाधिक विजेता पुलिसको जित
फागुन १, २०८१