पोखरा, २५ भदौ । नेपाली भाषा शिक्षक परिषद् कास्कीले सवारी साधनका नम्बर प्लेटमा अङ्ग्रेजी भाषा मात्र राख्न सर्वोच्च अदालतले हालै जारी गरेको आदेशप्रति आपत्ति जनाएको छ । परिषद्का अध्यक्ष डिल्लीराम अर्यालद्वारा हस्ताक्षरित एक विज्ञप्तिमा सर्वोच्चको उक्त निर्णयले नेपाली भाषालाई निर्मम ढुङ्गले प्रहार गरेर ध्वस्त पार्ने र यसको अस्तित्वलाई धरासायी बनाउन षड्यन्त्रमूलक तरिकाले आएको भन्दै आपत्ति व्यक्त गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाली भाषा हाम्रो मौलिकता, राष्ट्रियता, संस्कृतिका साथै अस्तित्वको संवाहक हो । भाषाको गरिमालाई नजरअन्दाज गर्दै समय समयमा राष्ट्रियता कमजोर पार्न, जातीय गौरव र संस्कृति मेटाउन तथा विशेषगरी भाषामाथि प्रहार गर्ने काम परचक्रीबाट हुँदै आएको छ, विदेशी आयातित भाषाका आडमा राष्ट्रभाषाका रूपमा रहेको नेपाली भाषामाथि निर्मम ढङ्गले प्रहार गरिँदै आएको इतिहास साक्षी छ ।’
विज्ञप्तिमा नेपालभर सञ्चालन हुने कुनै पनि सवारी साधनका नम्बर प्लेटमा अङ्ग्रेजी भाषा राखिनुको कुनै प्रयोजन र औचित्य पुष्टि हुन नसक्ने जनाउँदै उक्त राष्ट्रघाती फैसलालाई तुरुन्त बदर गरी नेपाली भाषामा नै नम्बर प्लेट राख्ने प्रावधानलाई कडाइका साथ लागु गर्न माग गरिएको छ ।
Related News
सम्बन्धित समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
पुराना रुख काट्नेलाई कारबाहीको माग
कास्की पोखरा समाज जापानमा कमल
कर्मयोगी भक्तराज सम्मानित
hero news full width
मुख्य समाचार
हिसान गण्डकी फुटसल सुरु
गायिका समीक्षा अधिकारी सम्मानित
फागुन ४, २०८१पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१