बागलुङ । राष्ट्रिय सहकारी महासंघ नेपालले ढोरपाटन नगरपालिकामा भएको बाढीपहिरोबाट पीडितहरुका लागि सहयोग गर्न देशभरका सहकारी संघ संस्थाहरुलाई आव्हान गरेको छ ।
जिल्ला सहकारी संघ लिमिटेड बागलुङले ढोरपाटनका पहिरोपीडितका लागि राहत तथा उद्धारमा आवश्यक सहयोग गर्न अपिल गरेको भन्दै महासंघले जिल्ला संघको अभियानमा ऐक्यवद्धता जनाउँदै आवश्यक सहयोग र सहकार्यका लागि देशभरका सहकारी संघ संस्थाहरुलाई आव्हान गरेको हो ।
‘जिल्ला सहकारी संघ बागलुङले देशभरका सहकारीहरुलाई ढोरपाटनका पहिरोपीडितको उद्धार तथा राहतका लागि सहयोगका लागि गरेको आव्हानप्रति महासंघको ऐक्यवद्धता छ,’ महासंघका अध्यक्ष मीनराज कँडेलले भने, ‘सहकारीको समुदायप्रतिको चासो भन्ने सिद्धान्तलाई आत्मसाथ गरेर सबै सहकारीहरु विपत्तीको समयमा एकतावद्ध भएर राहत तथा पुनस्थापनमा जुट्नु पर्छ ।’
महासंघले बागलुङको ढोरपाटनका साथै सिन्धुपाल्चोक, कालिकोट लगायत देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण भएको धनजनको ठूलो क्षतिप्रति दुख प्रकट गर्दै प्राकृतिक विपद्को समयमा सम्पूर्ण सहकारी संघ संस्थाहरुलाई आ–आफ्नो क्षेत्रमा उद्धार, राहत, उपचार र पुनस्थापना लगायतका कार्यमा सहभागी भई सहयोगमा जुट्न आव्हान गरेको छ ।
गत बुधबार राति परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट बागलुङको ढोरपाटन नगरपालिकामा १६ जनाको ज्यान गएको र २२ जना बेपत्ता रहेका छन् । बाढीपहिरोले ८० घर पूर्ण रुपमा क्षति पुगको छ भने ५१ घरमा आंशिक क्षति पुगेको छ । बाढीपहिरोले सो क्षेत्रका ११ वटा लघुजलविद्युत्, एउटा स्वास्थ्य इकाई, ११ वटा झोलुङ्गेपुल, ५ वटा ढलान पुल, १० वटा काठेपुल र २ वटा विद्यालय गरी १ सय ७१ भौतिक संरचनामा क्षति पुर्याएको छ ।
पहिरोका कारण ठूलो संख्यामा स्थानीय वासिन्दाहरु घरबार बिहिन भएको अवस्थालाई मध्यनजर गरी जिल्ला सहकारी संघले जिल्लामा सञ्चालित सम्पूर्ण सहकारी संघ संस्थाहरु लगायत देशभरका सहकारी संघ संस्था र सहकारीकर्मीहरुलाई सहयोगका लागि आव्हान गरेको थियो ।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१