बँदेल आक्रमणले २ घाइते

आदर्श समाज सम्वाददाता
भाद्र १८, २०७७

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा बँदेल आक्रमणमा परी २ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १७ निवासी ३२ वर्षीया दीलमाया ठकुरी र उनकै ससुरा ६६ वर्षीय विष्णुबहादुर ठकुरी घाइते भएका हुन् । आफ्नै बारीमा घाँस काट्ने क्रममा उनीहरुलाई बँदेलले आक्रमण गरेको हो ।

बँदेल आक्रमणबाट दीलमायाको शरीरको विभिन्न भागमा चोट लागेको छ भने विष्णुबहादुरको बायाँ हातमा चोट लागेको छ ।

दुवै जनाको अवस्था गम्भीर रहेको र उनीहरुको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको नवलपुर प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width