बागलुङमा ८ जनामा काेराेना संक्रमण

आदर्श समाज सम्वाददाता
भाद्र ११, २०७७
Coronavirus_world_2

बागलुङ ।काेराेना समुदाय स्तरमा फैलिए संगै बागलुङमा समुदायका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको बागलुङ नगरपालिकाका ७ जना र काठेखोला गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बागलुङ नगरपालिका–३ हाडेपाखाको परिवारमा संक्रमण देखा परेपछि कन्ट्रयाक ट्रेसिङमा परेका र बानपाकै गुठीमा लमजुङबाट आएका नेपाली सेनाका जवानमा संक्रमण देखिए पछि ट्रेसिङमा परेकाहरुमा संक्रमण पुष्टि भएको हो ।

प्रदेश क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा १ बर्षकी बालिका देखि ३४ बर्ष उमेर समुहका संक्रमित छन् । बागलुङ नगरपालिका–३ का बालिका सहित ३ जना महिला, बागलुङ नगरपालिका–१० का एक पुरुष, बानपा ६ का एक पुरुष, नेपाली सेनाको व्यारेकका एक जना जवान, बानपा–१ रामरेखाका एक पुरुष र काठेखोला गाउँपालिका–८ का एक पुरुषमा संक्रमण पुष्टि भएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए ।

बागलुङ जिल्लामा अहिलेसम्म २९२ जनामा काेराेना संक्रमण पुष्टि भइसकेको छ ।अहिलेसम्म काेराेना निकाे भएर २६० जना घर फर्किसकेका छन् भने धा‌लागिरि
अस्पतालकाे अाइसाेलेसन वार्ड र धाैलागिरि बहिरा बिद्यालयकाे प्रि अाइसाेलेशन वार्डमा  ३१ जना भर्ना भइ उपचार गरिरहेका छन् । अहिले जिल्लामा काेराेना संक्रमण बाट एकजनाकाे मृत्यु भएको छ ।

बागलुङमा काेराेना समुदायस्तरमा गएपछि जिल्ला प्रशासन कार्यालयले भाद्र १५ गतेसम्म लाई निषेधाज्ञा जारी गरेकाे छ ।

Related News

सम्बन्धित समाचार

hero news full width