पोखरा । देशभर ६० जना सहसचिवको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबारको निर्णयअनुसार बुधबार विभिन्न मन्त्रालय, विभाग, आयोग, निकाय तथा कार्यालयमा रहेका ६० जना सहसचिवको सरुवा गरेको हो ।
तीमध्ये गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सहसचिव इन्दु घिमिरे सरुवा भइ आएकी छन् । यसअघि उनी गृहमन्त्रालयमा कार्यरत थिइन् ।
यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका गणेशप्रसाद पाण्डे सरुवा भई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका छन् ।
वन तथा वातावरण मन्त्रालयका महेश्वर ढकाल गण्डकीको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सरुवा भएका छन् । सो प्रदेशको मन्त्रालयका दीपककुमार खनाल भने वन तथा वातावरण मन्त्रालय पुगेका छन् ।
कृषि तथा पशुपंक्षी विकास मन्त्तालयकी सवनम शिवाकोटी अर्याल भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पोखरामा सरुवा हुँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका रामचन्द्र श्रेष्ठ प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा आएका छन् ।
त्यस्तै, भौतिक पूार्वकार विकास मन्त्रालय गण्डकीका ईश्वरचन्द्र मरहठ्ठाको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ ।
Related News
सम्बन्धित समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
गण्डकी प्रदेश स्क्वास ¥याकेट संघमा रञ्जित
नवलपुरमा २५ सय हेक्टर वन सखाप
खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी
गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१