आधारभूत स्वास्थ्य सेवा केन्द्र झोवाङलाई बुधवार सामग्री हस्तान्तरण गर्दै स्वास्थ्य शाखा प्रमुख ऋषिराम पौडेल । तस्वीरःआदर्श समाज।
हेमजा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा हालसम्म कोरोना भाइरस संक्रमित भेटिएका छैनन्।
बुधबारसम्म ६ चरणमा कुल १ सय ८३ जनाको स्वाब संकलन गरी नमुना परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषिराम पौडेलले जानकारी दिए।
विश्वभर महामारी रुपमा फैलिएको कोभिड–१९ छिमेकी स्थानीय तहमा समेत फेला परेपनि हालसम्म अन्नपूर्ण चोखै छ । पछिल्लो पटक सोमवार १८ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा उनीहरुको पनि नजिता नेगेटिभ आयो ।
पौडेलका अनुसार परीक्षण गरिएकामध्ये अधिकांश विदेशबाट फर्किएका र केही भने गाउँपालिकामा बस्दै आएका पालिकावासी हुन् । हालसम्म संक्रमित फेला नपर्नुलाई सकारात्मक रुपमा हेरिएको छ।
गाउँपालिकाले प्रत्येक वडामा कोरोना रोगथामका लागि ५ सदस्यीय समिति पनि गठन गरेको छ । जसमार्फत यतिबेला प्रत्येक नागरिकलाई माक्स तथा एक घर एक साबुन र ब्रोसर वितरण भइरहेको छ । उक्त कार्यमा जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी खटिएका छन् ।
हालसम्म कुल २० हजार माक्स, सात हजार दुई सय साबुन र ११ हजार ब्रोसर बाँडिएको छ । त्यस्तै सचेतनाका लागि माइकिङ गरिएको र राजमार्गका होटल पूर्ण रुपमा बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकालाई कोरोनामुक्त पार्ने अभियानमा सबैभन्दा धेरै नेलम्बो नेपालले स्वास्थ्य सामग्री सहयोग गरी साथ दिएको छ ।
त्यस्तै नौलो घुम्ती, गोनेसा, रेडक्रस, पोखरा महानगरपालिका, ठेकेदार एशोसिएसन कास्की, अन्नपूर्ण काठमाडौं समाज र ढिकुरपोखरी काठमाडौं समाजले पनि सघाएका छन् ।
गाउँपालिकाले भाइरसबाट सचेत रहँदै दैनिक कार्यसंचालन गर्न पनि पालिकावासीलाई निर्देश गरेको छ । गाउँवासीको सहयोगका कारण हालसम्म अन्नपूर्ण कोरोनामुक्त रहेको गाउँपालिकाले स्पष्ट पारेको छ । गाउँपालिकाभर कुल ३४ क्वारेन्टिनस्थल छन्।
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
hero news full width
मुख्य समाचार
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१