देशभरमा थपिए ८८५ नयाँ सङ्क्रमित, थप ११ को मृत्यु   

रासस
भाद्र १०, २०७७
covid 19 corona banner

काठमाडौ, १० भदौ । काठमाडौँ उपत्यकामा ३०१ सहित देशभरमा ८८५ नयाँ सङ्क्रमित थपिएका छन् । आज थपिएका सङ्क्रमितमध्ये ५८६ पुरुष र २९९ महिला रहेका छन् । योसँगै देशभरमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या ३४ हजार ४१८ पुगेको छ । उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा २३०, ललितपुरमा ४७ र भक्तपुरका १८ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनुभयो । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १३ हजार २५३ नमूना परीक्षण भएको थियो । हालसम्म छ लाख ३५ हजार २५२ नमूना परीक्षण भइसकेको छ ।

देशभरमा गरी पछिल्लो २४ घण्टामा ३८५ जना निको भएर घर फर्किएका छन् । हालसम्म घर फर्कनेको सङ्ख्या १९ हजार ५०४ रहेको छ । यो जम्मा सङ्क्रमितमध्ये ६६ दशमलव छ प्रतिशत हो । देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या नौ हजार ८३२ रहेको छ । देशभर जम्मा १४ हजार ७३९ सक्रिय सङ्क्रमितमध्ये आठ हजार ७११ संस्थागत आइसोलेसन र छ हजार २८ होम आइसोलेसनमा रहेका छन्।

प्रदेशअनुसार, संस्थागत आइसोलेसनमा सक्रिय सङ्क्रमित प्रदेश १ मा एक हजार २६२, प्रदेश २ मा एक हजार ८८१, बाग्मती प्रदेशमा तीन हजार ३९, गण्डकी प्रदेशमा ३८७, प्रदेश ५ मा ७९४, कर्णाली प्रदेशमा ३५४ र सुदुर पश्चिम प्रदेशमा ९९४ रहेका छन् । त्यस्तै, होम आइसोलेनमा प्रदेश १ मा ३२२, प्रदेश २ मा तीन हजार ६७५, बाग्मती प्रदेशमा एक हजार ४९९, गण्डकी मा १८, प्रदेश ५ मा ४५४, कणार्ली प्रदेशमा २७ र सुदुर पश्चिम प्रदेशमा ७३३ रहेका छन्।

देशभरमा गरी १५१ सङ्क्रमित आइसियुमा रहेका छन् । प्रदेश १ मा १६, प्रदेश २ मा ४४, बाग्मती प्रदेशमा ७१, गण्डकी प्रदेशमा तीन र प्रदेश ५ मा १७ जना आइसियूमा रहेका छन् । प्रदेश १ मा एक जना र बाग्मती प्रदेशमा १३ गरी १४ सङ्क्रमित भेन्टिलेटरमा रहेका छन्।

मन्त्रालयको कल सेन्टरमा पछिल्लो २४ घण्टामा एक हजार ३६ कल प्राप्त भएको डा. गौतमले बताए। मन्त्रालयको एप्स डाउनलोड गर्नेको सङ्ख्या एक लाख ७३ हजार ३६० रहेको छ । अहिलेसम्म स्वमूल्याङ्कन फारम भर्नेको सङ्ख्या ७६ हजार ७४७ छ भने रेड जोनमा पर्नेको सङ्ख्या ५८३ छ।

पछिल्लो २४ घण्टामा देशरभका ४४ जिल्लामा नयाँ सङ्क्रमित भेटिएका छन् । प्रदेश १ मा खोटाङमा एक, झापा १६, तेह्थुम आठ, पाँचथर चार, मोरङ १३ र सुनसरी ५३ छ । प्रदेश २ मा धनुषामा ४३, पर्सा एक, बारा २४, महोत्तरी १८, रौतहट २०, सप्तरी एक, सर्लाही १२० र सिराहा तीन छन् । त्यस्तै, बाग्मती प्रदेशमा काठमाडौँमा २३०, ललितपुर ४७, भक्तपुर २४, काभ्रेपलाञ्चोक २१, चितवन ४२, दोलखा दुई, धादिङ एक, मकवानपुर २४, रामेछाप एक र सिन्धुपाल्चोकमा एक सङ्क्रमित पुष्टि भएको छ।
गण्डकी प्रदेशमा कास्की चार, गोरखा एक, नवलपरासी पूर्व सात, लमजुङ २३ सङ्क्रमित, प्रदेश ५ मा अर्घाखाँचीमा एक, कपिलवस्तु चार, दाङ १६, नवलपरासी दुई, प्युठान २२, बर्दिया एक, बाँके चार, रुपन्देही १९ र रोल्पामा एक सङ्क्रमित फेला परेका छन् । कर्णाली प्रदेशमा जाजरकोट, दैलेख र सल्यानमा एकएक जना, सुर्खेत सात फेला परेका छन् भने सुदुर पश्चिममा कञ्चनपुरमा दुई, कैलाली २९, डढेलधुरा दुई, डोटी दुई र अछाममा २० सङ्क्रमित फेला परेका छन्।

थप ११ को मृत्यु    
पछिल्लो २४ घण्टामा कोभिडका कारण थप ११ जनाको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १७५ पुगेको छ । पछिल्लो बिवरणअनुसार, मृत्यु हुनेमा दुई महिला र नौ पुरुष छन् । मृत्यु हुनेमा मोरङ र भक्तपुरका एकएक महिला छन् । पछिल्लो २४ घण्टामा मृत्यु भएका पुरुषमा महोत्तरीका तीन कैलालीका दुई, बाराका दुई, बाँके र काठमाडौँका एक पुरुष छन् ।

छ जिल्लमा ५०० बढी सङ्क्रमित, दुईमा सून्य

आजसम्म देशभरका ७७ जिल्लामध्ये छ जिल्लामा सङ्क्रमित ५०० बढी छन् भने दुई जिल्लामा सून्य रहेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा मोरङ, रौतहट, बारा, सर्लाही महोतरी र काठमाडौँ रहेका छन् । त्यस्तै, हाल सङक्रमितको सङ्ख्या सून्य रहेका जिल्लाहरुमा मुस्ताङ र हुम्ला रहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width