निषेधाज्ञाको विकल्प खोज्न आग्रह

आदर्श समाज सम्वाददाता
भाद्र १०, २०७७
Chamber

पोखरा । कास्कीमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि जारी निषेधाज्ञा लामो समयसम्म कायम रहे राष्ट्रिय अर्थतन्त्रमा असर पर्ने भन्दै पोखरा चेम्बर अफ कमर्स कास्कीले भदौ १२ पछि अवधि थप नगर्न आग्रह गरेको छ ।

सो कायम रहे सानो आकारको अर्थतन्त्र भएको मुलुकले धान्न नसक्ने दाबी गर्देै चेम्बरले स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको अवधि थप नगर्न ध्यानाकर्षण गराएको हो ।

पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले प्रेस विज्ञप्ति प्रकाशित गरी कोरोना महामारीबीचमा पनि नेपाल सरकारले लागू गरेको स्वास्थ्य तथा सुरक्षा मापदण्ड एवं सावधानीलाई पालना गर्दै उत्पादन, व्यापार व्यवसायलाई नियमित गर्न पाउनु पर्ने बताए ।

उनले निषेधाज्ञाको विकल्पमा कोरोना रोकथामका अन्य सुरक्षा सावधानी अपनाई लकडाउनको स्वरुप परिवर्तन गरी विश्वका अन्य मुलुकले अपनाएका विधि अपनाई आर्थिक गतिविधि नियमित गरी निजी क्षेत्रलाई चलायमान बनाउन आग्रह गरेका छन ।

कास्की प्रशासनले गत भदौ २ देखि लागू गरेको कास्कीभर निषेधाज्ञा अवधि पुनः भदौ ८ देखि थप १२ गतेसम्म थप गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width