सिडेनको कार्यसमिति विस्तार, कास्कीमा शिरस

आदर्श समाज सम्वाददाता
भाद्र ९, २०७७
FB_IMG_1598368746643

पोखरा । इञ्जिनियरिङको पेसागत संस्था सेन्टर अफ डेमोक्रेटिक इञ्जिनियर्स नेपाल (सिडेन), ले गण्डकी प्रदेशका ११ वटै जिल्लामा समिति विस्तार गरेको छ ।

जसमा कास्कीमा इञ्जिनियर शिरसकुमार बास्तोला, तनहुँमा तारापति भट्टराई, बागलुङमा नवीन सापकोटा, गोरखामा सुमन गिरी, लमजुङमा दीपेन्द्र रावल, स्याङ्जामा सुमन पाण्डे, पर्वतमा मञ्जु सिलाकार, म्याग्दीमा अमीर श्रेष्ठ, मुस्ताङमा सुवास घिमिरे, मनाङमा सविन धिताल र नवलपुरमा विनोद अर्यालको नेतृत्वमा कमिटी विस्तार भएको हो ।

संगठन विस्तारसँगै आगामी दिनमा संस्थालाई चलायमान र मजबुत बनाउन संगठन विस्तार गरिएको गण्डकी प्रदेश सभापति सुरेन्द्र पाण्डेले जानकारी दिए ।

यसैबीच, कास्कीमा शिरसकुमार बास्तोलाको सभापतिमा गठित १५ सदस्यीय कार्यसमिति उपसभापतिमा पुरुषोत्तम पंगेनी, सचिव सागर कार्की, सहसचिव संजयराज तिमिल्सिना र कोषाध्यक्ष सुमन शर्मा छन् ।

सदस्यमा सुश्मा बास्तोला, मनिका रानाभाट, गोपाल आचार्य, राजीव सुवेदी, अमृत रेग्मी, समीर कार्की, विश्वास आचार्य, रविनराज गौतम, अविनाश न्यौपाने र सागर श्रेष्ठ चयन भए ।

सदस्यमा भृगुराज भट्टराई, विनोदप्रसाद ह्योजु, चैतन्यराज अधिकारी, अर्जुन गौतम, राजेन्द्र लिगल र दुर्गा बस्ताकोटी छन् । भर्चुअल मिटिङमार्फत् नयाँ कार्यसमिति चयन भएको हो।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै