हेमजा । पोखरा–२५, हेमजा निवासी शिक्षासेवी अम्बरबहादुर कुँवरलाई मातृशोक परेको छ । कुँवरकी ममतामयी माता खीनाकुमारीको ८१ वर्षको उमेरमा आइतवार निधन भएको हो ।
उनी मटु रोगबाट पीडित थिइन् । पछिल्लो समय उनमा निमोनिया समेत देखिएको परिवारजनले जनाएको छ ।कुँवरको सोमवार स्थानीय सेतीमर्दी घाटमा अन्त्येष्टि गरिएको छ । शवमा उनका छोरा अम्बरबहादुरले दागबत्ती दिए।
स्व. कुँवरका छोराबुहारी, ४ छोरी, ३ ज्वाइँ, ११ नातिनातिना तथा २ जना पनातिपनातिना छन् ।
शिक्षासेवी अम्बरबहादुर गौरीशंकर मावि प्रधानाध्यापक हुन्। त्यस्तै वडा शिक्षा समितिका सदस्य एवम् गौरीशंकर बचत तथा ऋण सहकारी संस्था सल्लाहकार भएर पनि यतिबेला सेवा गरिरहेका छन्।
त्यस्तै, कुँवरले गौरीशंकर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख, तत्कालीन शुक्लागंगा क्लब (हालको हेमजा युनाइटेड) का संस्थापक अध्यक्ष तथा हेमजा युनाइटेडका पूर्व सल्लाहकार भएर पनि सेवा गरेका थिए।
त्यस्तै स्व. कुँवरकी बुहारी उषा हेमजास्थित तीब्रेकोट आमा समूह अध्यक्ष हुन्।
Related News
सम्बन्धित समाचार
रानाभाट/भाटलाई छुट्टै जातिमा सूचीकृत गरिने
२८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
सिद्ध र कालिका क्रिकेटको फाइनलमा
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१