पोखरा । नेपाल कम्युनिष्ट पार्टी पुराना नेता एवं तिमिल्सिना समाजका संस्थापक दुर्गादत्त तिमिल्सिनाको स्मृतिमा शोकसभा गरिएको छ ।
पोखरा–१८, सराङ्गकोटमा २०१२ सालमा जन्मिएका तिमिल्सिनाले पहिलो सामुदायिक विद्यालय संचालन गरी स्थानीयस्तरमा शिक्षाको थालनी गरेका थिए ।
२०४७ तथा दोस्रो जनआन्दोलनमा शान्तिपूर्ण देशव्यापी पदयात्रा समेत गरेका तिमिल्सिनाले पछिल्लो समय सराङ्गकोटको धार्मिक पर्यटन क्षेत्र विकास समिति, भजन मण्डली मार्फत लोक सांस्कृति संरक्षणमा लागेका थिए ।
सराङ्गकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसन गण्डकी प्रदेश लेखासंयोजक डिल्लीरमण पौडेल, जिल्ला अध्यक्ष खडानन्द लामिछाने, रेडियो सराङ्गकोटका कार्यकारी निर्देशक कृष्ण थापा, नेपाली काँग्रेस वडा सभापति शिवप्रसाद तिमिल्सिना, जनजागृत मावि अध्यक्ष दिलबहादुर जिसी, पूर्व अध्यक्ष उमानाथ चपार्इँ, समितिका उपाध्यक्ष मीनबहादुर थापा, महासचिव शमशेरबहादुर थापा, सल्लाहकार मे. समरबहादुर थापा, पूर्णप्रसाद तिमिल्सिना लगायतले समाजसेवी तिमिल्सिनाको योगदानको चर्चा गरेका थिए ।
स्व. तिमिल्सिनाको आमा, श्रीमती, १ छोरा र ५ छोरीहरु छन् ।
Related News
सम्बन्धित समाचार
रानाभाट/भाटलाई छुट्टै जातिमा सूचीकृत गरिने
२८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
सिद्ध र कालिका क्रिकेटको फाइनलमा
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१