पोखरा । विपद् पत्रकार सञ्जालको आयोजना तथा बर्नमाउथ विश्वविद्यालय बेलायतको सहकार्यमा पोखरामा कोभिड–१९ र यसले पारेको असरविषयक अन्तक्र्रिया कार्यक्रम भएको छ ।
प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङले कोरोनाले सबै क्षेत्र प्रभावित भएकोमा सबैभन्दा गर्भवती तथा सुत्केरी महिला तथा बालबालिका मारमा परेको बताइन् । कार्यस्थलमा श्रमजीवी महिला कामबाट निस्किनुपर्ने बाध्यता अहिलेको अवस्थाले सृजना समेत गरेको उनले बताइन् ।
संचारकर्मीहरु पनि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीजस्तै अग्रपंक्तिमा रहेर काम गर्दैआएको भन्दै उनले स्वास्थ्य सचेतना अपनाउन सुझाव दिइन् । सरकारले सबै विकास निर्माणका कार्यक्रम थाती राखेर नागरिकको ज्यान जोगाउनतिर केन्द्रित बनेको उनको दाबी थियो ।
स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले कोरोनाको असर नपरेको क्षेत्र कुनै नरहेको बताउँदै सबैलाई संयमित भएर काम गर्न आग्रह गरे ।
कोरोनाकै कारण अहिले मानिसहरु एकअर्कासँग छुट्टिएर बस्न बाध्य बनाएको अवस्थामा हरेक व्यक्ति जिम्मेवारी भएर सुरक्षाका उपाय अपनाउनुपर्ने उनको सुझाव थियो । सञ्चार क्षेत्रको जिम्मेवारी भनेको आमनागरिकलाई सचेत गराउनु रहेको भन्दै सो जिम्मेवारी बहन गर्न आफूहरु लागिपरेको उनले बताए ।
नेपाल पत्रकार महासंघकी पूर्व केन्द्रीय सदस्य सुष्मा पौडेलले कोरोनाको प्रभावका कारण नेपालमा हाल धेरै सञ्चारमाध्यम बन्द भएको उल्लेख गर्दै विपद्को बेलामा पत्रकार अझ बढी जिम्मेवार हुनुपर्नेमा जोड दिइन् ।
क्रियाशील पत्रकार महिला (डब्लूडब्लूजे) गण्डकी अध्यक्ष सरिता तिम्सिना पगेनीले विपद्को बेलामा हुने भौतिक क्षतिभन्दा पनि सही सूचना अभावमा बढी क्षति हुने सक्ने भन्दै सचेत रहनुपर्ने बताइन् ।
कार्यक्रममा सञ्चारिका समूह गण्डकी सदस्य तारा चापागाईँ, डब्लूडब्लूजे कास्की अध्यक्ष शीला गुरुङ, सिद्धार्थ गौतम बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक विजय पगेनी, लालीगुराँस टोल विकास संस्थाका अध्यक्ष मानकुमारी बराल, उपाध्यक्ष मंगली बास्तोलाले खोजमूलक पत्रकारितातर्फ केन्द्रित हुन आग्रह समेत गरे ।
विपद् पत्रकारिता सञ्जाल सहसंयोजक दुर्गा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पत्रकार अञ्जु बरालले गरेकी थिइन् । सो अवसरमा स्वागत तथा कार्यक्रम उद्देश्यबारे कार्यक्रम संयोजक दुर्गादेवी बास्तोलाले प्रष्ट पारेकी थिइन् ।
विपद् पत्रकार सञ्जाल हालैमात्र गठित संस्था हो । संस्थाले विपद्सँग सम्बन्धित लेख, विचार, रेडियो रिपोर्ट तथा खोजी पत्रकारितालाई प्राथमिकता राखेर समस्याको समाधानमूलक पत्रकारितालाई प्रोत्साहन गर्दछ । सञ्जालमा हालसम्म ६ मिडिया सञ्चालकको प्रतिनिधित्व रहेको जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
सरस्वती आदर्श विद्याश्रमको ३३ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
हिमालयन र एलपी देवकोटा फाइनलमा
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
ज्येष्ठ नागरिक समाजबाट सम्मान
hero news full width
मुख्य समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१