लायन्स गतिशीलको रक्तदान

आदर्श समाज सम्वाददाता
श्रावण २८, २०७७
gatisil

पोखरा  । लायन्स क्लब अफ पोखरा गतिशीलको स्थापना दिवसमा रक्तदान कार्यक्रम तथा चार्टर डे सेलिव्रेसन भएको छ । कार्यक्रममा ५९ युनिट रगत संकलन भयो ।

क्लब अध्यक्ष लेखबहादुर प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ बी १ नेपालका पूर्व डिष्ट्रिक्ट गभर्नर दीपक श्रेष्ठ र पिआरो इन चिफ राम बसेलको चिफ एड्भाइजर विनोद ढुंगाना, पोखरा १ वडा सदस्य रुद्र सुवेदी, क्लबका द्वितीय उपाध्यक्ष इन्द्र रिजाल, सह–कोषाध्यक्ष राम्जी तिवारीले रक्तदानले आफ्ना भनाइ राखेका थिए ।

लायन्सको स्वर्ण वर्ष अवसरमा क्लबले प्रमुख अतिथि दुर्गा ढकालको आतिथ्यमा पोखरा–३, नदीपुरमा १५ जना बालबालिकालाई पोषणयुक्त खाद्यसामग्री सहयोग गरेको कार्यक्रम संयोजक टेकबहादुर गुरुङले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width