हेमजा । माछपुच्छ्रे गाउँपालिका ६ स्थित धितालमा आधारभूत तहअन्तर्गत कक्षा १ देखि ३ सम्म एकीकृत पाठ्यक्रमबारे प्रशिक्षण सुरु भएको छ।
पोखरा ४ स्थित नेलम्बो नेपाल र वडा कार्यालयको संयुक्त आयोजना तथा माछपुच्छ्रे गाउँपालिका शिक्षा शाखाको सहयोगमा शुक्रबारबाट तीनदिने प्रशिक्षण सुरु भएको हो।
प्रशिक्षणमा शिक्षा शाखा प्रमुख कृष्णप्रसाद भण्डारी, शाखाका प्राविधिक सहायक विष्णुप्रसाद अधिकारी, नेलम्बोका अध्यक्ष एकदेव देवकोटा, महेन्द्र माविका प्रधानाध्यापक जगन्नाथ अधिकारी लगायतले सहजीकरण गर्ने छन् ।
उद्घाटन सत्रमा बोल्दै शिक्षा शाखा प्रमुख भण्डारीले सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास कम रहेकोले त्यसलाई चिर्नुपर्नेमा जोड दिए । उनले गाउँपालिकाले लकडाउनका बेला गाउँलिकाभरका कुल ४३ विद्यालयमा गृहकार्य डायरी बनाएर वितरण गरेको जानकारी पनि दिए । ५० भन्दा कम विद्यार्थी संख्या भएका आधारभूत विद्यालयमा २ दरबन्दीमात्रै दिने सरकारी निर्णय अव्यवहारिक भएको उनको ठहर छ ।
नेलम्बो अध्यक्ष एकदेव देवकोटाले सिकेको सीप कार्यक्षेत्रमा गएर प्रयोग गर्न आग्रह गरे । कोरोनाकै कारणले कार्यक्रम ढिलो हुन पुगेको जनाउँदै उनले शिक्षाबिनाको जीवन अन्धकारमय हुने औँल्याए ।
वडाध्यक्ष हरिशचन्द्र ढुङ्गानाले प्रशिक्षणलाई अनुभव आदानप्रदानका रुपमा लिन आग्रह गरे । अहिलेको शिक्षण प्रणाली बहुमूखी हुनुपर्ने तर्क गर्दै ढुङ्गानाले सामूदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउनुपर्ने खाँचो दर्शाए ।
यसअघि धितालमा ९ विद्यालय रहेकोमा विद्यार्थी संख्या कमीका कारण हाल ६ विद्यालयमा सीमित गरिएको उनको भनाइ छ ।
त्यस्तै, वडा सदस्य नन्दलाल गौतमले सामुदायिक र निजी विद्यालयबीचको शैक्षिक खाडल कम गर्नुपर्ने उल्लेख गरे ।
कार्यक्रममा धितालका ६ विद्यालयका कुल १८ शिक्षकको सहभागिता छ ।
वडाध्यक्ष ढुङ्गानाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा सदस्य गौतमले स्वागत तथा गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक विष्णुप्रसाद अधिकारीले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
१९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको वर्चश्व
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
डिपेन्डेन्ट भिसामा युके लैजान्छु भनी ठगी आरोपमा पक्राउ
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
hero news full width
मुख्य समाचार
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१