पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्कीले विदेशी पर्यटकलाई केही समयका लागि नेपालमा बस्ने वातावरण मिलाउन गण्डकी प्रदेश सरकारसँग माग गरेको छ ।
अध्यागमन विभागले २०७७ भदौ १ देखि अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएसँगै भीसा सकिएका विदेशी पर्यटकहरुलाई १५ दिनमा नेपाल बाहिरिनुपर्ने नियमपछि चेम्बरले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसमक्ष त्यस्तो माग गरेको हो ।
संस्थाका अध्यक्ष किसान सुनारले अध्यागमन विभागका अनुसार अन्तर्राष्ट्रिय उडान सुरु भएको १५ दिनभित्रको समय अवधिमा सबै विदेशी पर्यटक फर्कन नसक्ने भन्दै यही बस्ने वातावरण मिलाउन आग्रह गरे ।
‘लकडाउनको कारण नेपालमा १ हजार ५ सयभन्दा बढी र पोखरामा लगभग ४ सय ४२ पर्यटक विविध कारणले बसी रहेका छन,’ अनुरोधपत्रमा भनिएको छ, ‘सो समय अवधि सबै राष्ट्रमा सिधा उडान एकै पटक सम्भव नभएको सबै पर्यटक फर्कन सक्दैनन् ।’
पर्यटक केही समय नेपालमै बस्दा कोरोना भाइरसको कारण जीर्ण भएको पर्यटन क्षेत्रलाई थोरै भए पनि राहत पुग्ने दाबी गर्दै सुनारले त्यस्तो कार्यले आगामी दिनमा नेपालको पर्यटन उद्योगको अन्तर्राष्ट्रिय जगत्मा समेत सकारात्मक सन्देश जाने उल्लेख गरे ।
कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि सबै अन्तर्राष्ट्रिय उडानहरु र सीमा नाका यतिखेर बन्द छन् । लकडाउनका कारण नेपालमा अलपत्र विदेशी पर्यटकहरुलाई सम्बन्धित मुलुकहरुले उद्धार गरेका छन् । केही विदेशी अझै पनि नेपाल सुरक्षित भन्दै बसिरहेका छन् ।
Related News
सम्बन्धित समाचार
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
पोखरा भिलेज अब चारतारे
ढोरपाटन सिकार आरक्ष आसपासमा तीस घरबास सञ्चालन गरिने
अन्नपूर्ण क्षेत्रमा भित्रिए ९ महिनामा १ लाख ४४ हजार पर्यटक
बन्दीपुरमा अन्तर्राष्ट्रियस्तरको रेष्टुरेन्ट र टुरिष्ट पार्क सञ्चालन
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१