विश्वमा कोरोना भाइरस: मृत्यु हुने ६ लाख ९२ हजार

रासस
श्रावण २०, २०७७
Corona

जेनेभा | विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ९२ हजार ७ सय ९४ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ । विश्वभरीमा हालसम्म १ करोड ८२ लाख ३४ हजार ९३६ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।

संक्रमितमध्ये हालसम्म १ करोड १४ लाख ४४ हजार ८ सय २१ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६० लाख ९७ हजार ३ सय २१ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरुमध्ये ६५ हजार ७ सय ५४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

संयुक्त राज्य अमेरिकामा मात्र ४८ लाख १३ हजार ६ सय ४७ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ५८ हजार ३ सय ६५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ४२ लाख ४५ हजार ५ सय ४२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४७ हजार ८ सय ९२ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकामा ५६ लाख ५७ हजार ५५२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ दुई लाख २२ हजार १८६ जनाको मृत्यु भएको छ ।

युरोपमा २८ लाख ९८ हजार ९ सय ४४ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने २ लाख ३ हजार ७ सय ९४ को मृत्यु भएको छ ।

एसिया ४४ लाख ५१ हजार ६५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ९९ हजार ३ सय २४ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ९ लाख ६१ हजार ३ सय ८८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २० हजार ३ सय ५० जनाको मृत्यु भएको छ ।

ओसियानामा १९ हजार ७ सय २४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २ सय ३३ जनाको मृत्यु भएको छ ।

भारतमा १८ लाख संक्रमित

भारतमा सङ्क्रमितको सङ्ख्या १८ लाख नाघेको छ । गत २४ घण्टामा भारतका ५२ हजार ९ सय ७२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १८ लाख ३ हजार ६९६ पुगेको छ ।

भारतमा गत २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण ७ सय ७१ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या ३८ हजार १ सय ३५ जना पुगेको छ ।

भारतको महाराष्ट्र सबभन्दा प्रभावित बढी कोरोना भाइरस संक्रमण राज्यका रुपमा रहेको छ । हाल महाराष्ट्रमा १ लाख ४८ हजार ८ सय ४३ जना सङ्क्रमित अवस्थामा नै रुहेका छन् भने १५ हजार ५७६ व्यक्तिको मृत्यु भइसकेको छ ।

कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडूमा ५६ हजार ९ सय ६२ सङ्क्रमित अवस्थामा रहेका छन् भने ४ हजार १ सय ३२ जनाको मृत्यु भएको छ ।

दिल्ली राज्यमा १० हजार ३ सय ५६ जना सङ्क्रमित अवस्थामा रहेका र ४ हजार ४० जनाको मृत्यु भइसेकेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width