काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ७७ हजार १८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जानकारी दिएको छ ।
शुक्रबारसम्म विश्वभरीमा १ करोड ७४ लाख ८९ हजार ६ सय २३ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।
हालसम्म १ करोड ९ लाख ५१ हजार ९ सय ८० व्यक्ति कोरोनामुक्त भएका छन् । विश्वभरमा ५८ लाख ६० हजार ६ सय २५ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । संक्रमितमध्ये ६६ हजार ३ सय ४३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
डब्लूएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४६ लाख ३४ हजार ९सय ८५ जना कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ५५ हजार २ सय ८५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा ४० लाख ३९ हजार ८ सय ७२ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ १ लाख ४१ हजार ९ सय ६ जनाको मृत्यु भएको छ ।
उत्तर अमेरिकामा ५४ लाख ३९ हजार ८ सय ४ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ २ लाख १६ हजार ९ सय ८८ जनाको मृत्यु भएको छ । युरोपमा २८ लाख ५९ हजार ४ सय ९५ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने २ लाख ३ हजार ५५ को मृत्यु भएको छ ।
एशियामा ४२ लाख १८ हजार ३ सय ३९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ९५ हजार ४ सय ६८ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा ९ लाख १२ हजार ७ सय ४४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १९ हजार ३ सय ६४ जनाको मृत्यु भएको छ ।
ओसियानामा १८ हजार ६ सय ४८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २ सय २२ जनाको मृत्यु भएको छ ।
भारतमा ‘कोभिड १९’ संक्रमितको संख्या शुक्रबार साँझसम्म १६ लाख नाघेको छ । (रासस/एएफपी)
Related News
सम्बन्धित समाचार
टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर
कोरोनाको नयाँ भेरियन्ट : संक्रामक तर घातक कम
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१