पोखराको महेन्द्रपुल, मेडिकल लाइनमा अत्याधुनिक र सुविधासम्पन्न वेलनेस क्लिनिक खुलेको छ । सबै प्रकारका रोगको विशेषज्ञ डाक्टरबाट सेवा दिने गरी हालै अन्नपूर्ण सिटी क्लिनिक सञ्चालनमा आएको हो।
क्लिनिकमा गण्डकी प्रदेशकै पहिलो र एकमात्र बाथरोग विशेषज्ञ डा रामकृष्ण गिरीले दैनिक बिहानदेखि बेलुकैसम्मै सेवा दिएका छन् । वरिष्ठ फिजिसियन डा मानबहादुर गुरुङ पनि बिहानदेखि बेलुकासम्म क्लिनिकमै रही सेवा दिने क्लिनिकका अध्यक्ष गीता कार्कीले जानकारी दिइन्।
वरिष्ठ न्युरो सर्जन डा सुरेश सापकोटा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा जूनु श्रेष्ठ, वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डा सौजन सुवेदी, वरिष्ठ नाक, काँन, घाँटी रोग विशेषज्ञ आकाशमणि भण्डारी, वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा झपिन्द्र पोखरेल, वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. विशालमणि पौडेलले पनि दैनिक बिहान र बेलुका क्लिनिकमा बिरामीलाई सेवा दिनेछन्।
अन्नपूर्ण सिटी क्लिनिकमा फिजियोरापिस्ट डा अजित पाण्डे, रेडियोलोजिस्ट डा सान्त्वना पराजुली, डाइटिसियन विद्या शर्माले पनि सेवा दिनेछन् । अध्यक्ष कार्कीले पर्याप्त पार्किङ, लिफ्टको सुविधा भएको भवनमा अत्याधुनिक स्वचालित मेसिनबाट सञ्चालित ल्याब, डिजिटल एक्सरे, इको, अल्ट्रासाउन्ड, इसिजी, फिजियोथेरापी, फार्मेसी जस्ता सेवासमेत उपलब्ध रहेको जानकारी दिइन्।
क्लिनिकले बिहान ७ देखि बेलुकी ७ बजेसम्म विशेषज्ञ सुविधा उपलब्ध गराएको छ । यसलाई बिरामी भइसकेपछि डाक्टरकहाँ जानुभन्दा बिरामी हुनुभन्दा पहिले नै परीक्षण गर्न जाने खालको क्लिनिकका रुपमा विकास गरिने क्लिनिकका सञ्चालक ठाकुरप्रसाद पन्तले सुनाए । उनले भने, ‘यो गण्डकी प्रदेशकै पहिलो वेलनेस क्लिनिक हो । आवश्यक सबै खालका पूर्वाधार छन् । सबै सुविधा भए पनि अन्य क्लिनिकभन्दा महंगो छैन।’
Related News
सम्बन्धित समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
वन्यजन्तुबाट भएको क्षतिमा १ करोड बढी राहत
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१