पाल्पा । बगनासकाली गाउँपालिकामा स्थापना भएका सबै क्वारेन्टिन र आइसोलेसन बुधबारदेखि खाली भएका छन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन नदिन भारत तथा तेस्रो मुलुकबाट फर्किएका नागरिकहरुलाई राख्न गाउँपालिकामा क्वारेन्टिन र आइसोलेसन स्थापना गरिएको थियो । तर, विगतमा भरिभराउ क्वारेन्टिन क्रमशः खाली हुँदै गएकोमा आइसोलेसन र क्वारेन्टाइनमा रहेका बाँकी १८ जनालाई बुधबार घर पठाएसँगै पूर्ण रूपमा रित्तिएका हुन् ।
बुधबार बगनासकालीको वडा १, ग्राम्य मावि, वडा ५, सरस्वती आधारभूत विद्यालय, वडा ५, हिमालयन आधारभूत विद्यालयका गरी १८ जनालाई घर पठाएसँगै १७ वटै विद्यालयका क्वारेन्टाइन खाली भएको स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले जानकारी दिए । उनले आगामी दिनमा कोभिड–१९ पोजेटिभ देखिनेहरूलाई होम क्वारेन्टाइन या सामुदायिक भवनमा व्यवस्थापन गरिने बताए ।
‘विद्यालय चलाउन निर्देशन आएमा एक सातापछि चलाउन सकिने गरी सबै विद्यालयको स्नानिटाइज सक्ने गरी काम अगाडि बढाएका हौं,’ अधिकारीले भने, ‘आगामी दिनमा विद्यालय सञ्चालन गर्नुपर्ने अवस्था छिट्टै आउने भएकोले र सबै विद्यालयका क्वारेन्टिन र आइसोलेसन रित्तिएकाले प्रविधि प्रयोग गरी विद्यालय सरसफाइ अभियान थालेका हौं ।’
आइसोलेसन र क्वारेन्टिन खाली भएसँगै विद्यालय परिसरमा फोगिंङ मेसिन प्रयोग गरी सोडियम हाइपोक्लोराइड छर्केर स्यानिटाइज गर्न शुरु गरिएको छ ।
बुधबार ग्राम्य माविमा स्यानिटाइज शुरु गरिएको शिक्षा शाखा प्रमुख गुनाराम खनालले जानकारी दिए । गाउँपालिकाका विभिन्न १७ विद्यालयमा स्थापना गरिएका आइसोलेसन र क्वारेन्टिनस्थलमा चैत १५ देखि हालसम्म २ सय ७३ जना नागरिक क्वारेन्टिन बसेकोमा १८ जनाको कोरोना पोजेटिभ देखिएका थिए । संक्रमित सबैको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाउँदै गाउँपालिकाले विद्यालयलाई स्यानिटाइज शुरु गरेको हो ।
Related News
सम्बन्धित समाचार
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१