भरतपुर, १० साउन । लगातारको वर्षाले जिल्लाका कृषि बालीमा ठूलो क्षति भएको छ । बाढीसँगै खेतबारीमा आवश्यकताभन्दा बढी पानी जम्दा कृषि बालीमा क्षति पुगेको हो । कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालले जिल्लाका अधिकांश क्षेत्रमा वर्षाले क्षति गरेको बताए । उनका अनुसार पहाडी क्षेत्रमा पहिरोले क्षतिपुर्याएको छ भने नदी तथा खोला किनारका बालीमा बाढी पसेर क्षति पुगेको छ । कतिपय बालीमा आवश्यकताभन्दा बढी पानी जम्न गई बालीलाई क्षति पुगेको ढकालले बताए ।
डुवानका कारण भरतपुर महानगरपालिकाको चार हजार हेक्टर क्षेत्रफलमा लगाइएको धान, केरा र तरकारी बालीमा क्षति पुगेको छ । महानगरअन्तरगत नारायणी नदी तटीय क्षेत्रमा रहेका वडाका कृषि बालिमा बढी क्षति भएको ढकालले जानकारी दिए । महानगरका–२६, २७, २८ १६, १८ र १९ मा बढी मात्रामा क्षति पुगेको छ । भर्खर लगाइएको धान बालीमा बाढी पस्दा धानको रोपो नै बगाएको छ भने कतिपय ठाउँमा लामो समय रोपो पानीले पुरिँदा मर्ने र पहेँलो हुने समस्या देखिएको छ ।
यस्तै जिल्लाका कालिका नगरपालिकामा मुख्यरुपमा धान, मकै र केरा खेतीमा वर्षाले क्षति पु¥याएको छ । कालिकाको पदमपुर क्षेत्र केरा खेतीका लागि प्रख्यात छ । केरा खेतीमा पानी जमेका कारण विरुवा मर्ने, ढल्ने समस्या देखिएको ढकालले बताए । जिल्लाको पहाडी ईच्छाकामना गाउँपालिकामा कतिपय स्थानमा सानातिना पहिरोले पनि कृषि बालीमा क्षति पुगेको ढकालले बताउनुभयो । विशेष गरी मकै बालीमा क्षति पुगेको उनले जानकारी दिए ।
ढकालले क्षतिको विवरण जिल्ला विपत् व्यवस्थापन समितिलाई बुझाएर राहतका लागि पहल गरिने बताए । क्षति भएका ठाउँमा प्राविधिको सिफारिसमा वैकल्पिक खेतीका लागि कृषकलाई आग्रह गरिएको बताए ।
भरतपुर महानगरपालिका–२८ का वडा अध्यक्ष आशबहादुर कुमालले आफ्नो वडाको ७० विघा हाराहारी जमिनमा लगाइएको बाली एक हप्तादेखि डुवानमा परेको बताए । उनले भने’, ‘वर्षा शुरुभएदेखि डुवेको बाली अझै देखिएको छैन । पानीले डुबाएर राखेको छ ।’ भण्डारण गरेको धान र मकैमा पानीले क्षति पु¥याएको कुमालले बताए ।
भरतपुर २७ का किसान दीपक तामाङले बाढीले आफ्नो सबै धानखेत डुबाएको बताए । ‘भर्खर रोपेको धान त डुबायो डुबायो, तयारी गरेर राखेको मकै र तोरी पनि नोक्सान भयो’, उनले भने । चितवनमा २७ हजार ४४५ हेक्टर क्षेत्रफलमा धान खेती र सात हजार १०० हेक्टरमा तरकारी खेती हुने गरेको छ ।
तरकारीको मूल्य बढ्यो
जिल्लाका समथर भू–भागमा अहिले तरकारी खेती कम हुने गर्दछ भने पहाडी क्षेत्रमा केही मात्रामा तरकारी खेती हुने गरेको छ । बाढीपहिरोले बाटो बन्द हुँदा तरकारीको मूल्य बढेको छ । महानगर फलफूल तथा तरकारी बजारका प्रवन्ध निर्देशक थीरप्रसाद धितालले पहाडमा पहिरो र तराईमा डुबान हुँदा तरकारी आपूर्तिमा समस्या भएको बताए । उनले भने, ‘धादिङ, मकवानपुर, भक्तपुरलगायत उपत्यका आशपासका पहाडी जिल्लाबाट आउने तरकारी समयमा आउन सकेको छैन । ढुवानी शुल्क बढ्न जाँदा तरकारीको मूल्य बढेको छ ।’
त्यस्तै तरकारी व्यवसायी रामराज पाण्डेले लकडाउन र बाढीपहिरोले चितवनमा खोजेको तरकारी पनि पाउन नसकेको बताऐ । उनले तरकारी माग बमोजिम उपलब्ध नहुँदा मूल्य स्वभाविकरुपमा बढेको बताए । उनले भने, ‘बाढी पहिरोको अवस्था रहिरहे तरकारीको मूल्यले आकाश छुन्छ ।’ उनका अनुसार लकडाउनमा चितवनको तरकारी नष्ट गरेको घटना र डुबानले गर्दा पनि किसानले तरकारीबारी मासेर धानखेती गर्न थालका छन् ।
उनले १० क्विटल आवश्यक पर्ने तरकारी पाँच केजी पनि पाउन नसकेको बताए । चितवनमा बाढी पहिरो जानुअघि क्रेटको ६०० पर्ने टमाटर अहिले ८५० सम्म पुगेको चितवनका व्यवसायी बताउँछन् । बन्दा बिक्ने समयमा नै नभए पनि बोराको ९०० सम्ममा बिक्री भइरहेको छ । निर्देशक धितालले बाढी र डुबानका कारणले सबै तरकारीमा प्रति केजी रु पाँचसम्म बढेको जानकारी दिए । यो अवस्था रहिरहे मूल्य अझै बढ्न सक्ने उनले बताए ।
Related News
सम्बन्धित समाचार
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
पाेखरा नयाँबजारको मेलामा राजस्थानी नृत्य
पुँडीटार औद्योगिक क्षेत्र : इआइए सकियो, भएन जग्गा प्राप्ति
नेपाल एसबिआई बैंकद्वारा ३ लाख सहयोग
मेला हेरे मोबाइल !
hero news full width
मुख्य समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
ब्ल्याक बुल्स् सेमिफाइनलमा
माघ २९, २०८१नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१