सहकारीको क्षमता अभिवृद्धि तालिम

आदर्श समाज सम्वाददाता
श्रावण ८, २०७७
cyc

बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले संस्थामा नवनियुक्त कर्मचारीहरु तथा प्रशिक्षार्थीहरुका लागि क्षमता अभिवृद्धि तालिम दिएको छ ।

तीन दिनसम्म संचालन भएको तालिममा सहकारीका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले सहकारीको समग्र संस्थाको नीति तथा कार्यक्रमका बारेमा प्रशिक्षण गराए ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले सहकारीका सिद्धान्त एवं सहकारीको विकास, बजारीकरण, नगद परिचालन तथा व्यवस्थापन, रेमिट्यान्स सेवा प्रयोग, संस्थाका बचत, ऋण एवं अन्य गैह््रवित्तीय सेवा तथा उत्पादनहरुको वारेमा प्रशिक्षण दिए ।

संघीय सांसद मनकुमारी केसीले तालिममा सिकेको सीप ब्यबहारिक रूपमा उतार्न सकेको खण्डमा मात्रै तालिम सार्थक मानिने बताइन् । सहकारीलाई दक्षिण एशियाकै नमुना सहकारी बनाउने लक्ष संस्थाले लिएकोले यसलाई ब्यवहारिक रूपमा उतार्न सकेमा बागलुङको गौरव बन्ने बताइन् ।

कार्यक्रममा जिल्ला स्वास्थ सहकारी संघ बागलुङका अध्यक्ष सीता शर्मा, सल्लाहकार देवबहादुर श्रेष्ठ, सल्लाहकार भूमिश्वर गौतम, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारीले जिल्लामा भएका सयौं सहकारी संस्थामध्य सिवाईसीले छोटो समयमा धेरै फड्को मारेको बताए । उनले नयाँ प्रविधि आत्मसाथ गरिसकेको हुँदा यसले सहकारीको शेयर सदस्यको मन जित्न सफल हुने धारणा राखेका थिए ।

सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सहकारीका सहसचिव सुवास आचार्य र संंचालन प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले गरेका थिए ।

सहकारीले आर्थिक वर्ष २०७६/२०७७ असार मसान्तसम्म १० हजार शेयर सदस्य १ अर्ब ४५ करोड सम्पत्ति पुर्‍याएको छ । सहकारीले केन्द्रीय कार्यालय सहित ११ वटा सेवा केन्द्र मार्फत काम कारोबार गर्दै आएको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी धौलागिरी पेट्रोलियममा मोहन

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसिएसनको २७ औं साधारण सभा तथा १४ औं अधिवेशनले मोहन सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति…
  • पाेखरा नयाँबजारको मेलामा राजस्थानी नृत्य

    आदर्श समाज सम्वाददाता माघ १८, २०८१
    पोखरा । भारतको राजस्थान राज्यको उदयपुर संभाग क्षेत्रका महिलाहरु परम्परागत रुपले टाउकोमा ८/९ वटा पानीको घडा (माटोको गाग्री) राखेर नाच्छन्…
  • पुँडीटार औद्योगिक क्षेत्र : इआइए सकियो, भएन जग्गा प्राप्ति

    आदर्श समाज सम्वाददाता माघ १६, २०८१
    पोखरा । गण्डकी प्रदेश सरकारको गौरवको आयोजना हो–प्रदेश औद्योगिक क्षेत्र निर्माण । २०७४ सालमा सरकार गठन भएकै समयमा नवलपुरको लोकाहाखोला…
  • नेपाल एसबिआई बैंकद्वारा ३ लाख सहयोग

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । नेपाल एसबिआई बैंक लि. ले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नदीपुरस्थित नेपाल भारतमैत्री पुस्तकालय सहजरुपमा सञ्चालन गर्न नेपाल भारत मैत्री…
  • मेला हेरे मोबाइल !

    आदर्श समाज सम्वाददाता माघ ११, २०८१
    पोखरा । राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सवमा सहभागी दर्शकमध्ये हरेक दिन पाँच जनालाई मोबाइल पुरस्कार दिइने भएको छ…

hero news full width