पोखरा ३ साउन । मुस्ताङको लोमन्थाङमा रहेको पाल ऐहाम नामग्याल गुम्बा स्कुलले कोभिड–१९ र प्राकृतिक विपत्तिमा परेकाहरुलाई राहत प्रदान गरेको छ ।
लोमन्थाङ ३ मा स्थायीरुपमा सञ्चालनमा रही हिउँद याममा पोखरा १८, खपौदीमा सञ्चालन हुदै आएको गुम्बा स्कुलले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागी प्रदेश सरकार र पोखरा महानगरले स्थापना गरेको कोरोना विपद् कोषमा नगद संकलन तथा प्राकृतिक विपद् पहिरोमा परी घरपरिवार गुमाएकाहरुलाई राहतस्वरुप खाद्यान्न वितरण गरेको हो ।
गुम्बा स्कुलले गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा ७० हजार र पोखरा महानगरले स्थापना गरेको कोषमा ५० हजार रुपैयाँ प्रदान गरेको हो ।
त्यसैगरी गुम्बा स्कुलले पहिरोमा घरपरिवार गुमाएका परिवारलाई खाद्यान्न सामाग्री प्रदान गरेको छ ।
मुस्ताङबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने सांसद ईन्द्रधारा विष्टको सक्रियतामा पोखरा ३२, लामे आहालमा रहेको राधाकृष्ण वृद्धाश्रममा र पोखरा २६को पैतेडाँडा पहिरोपीडितलाई समेत खाद्यान्न सामाग्री प्रदान गरियो ।
सांसद विष्टको सक्रियतामा यसअघि पनि मुस्ताङको साग वितरण संगै अहिले आएर वृद्धाश्रममा खाद्यान्न वितरण गरेर सहयोेग गरेकोमा सबैले आभार व्यक्त गरे ।
पैतेडाँडा पहिरोपीडितका करिब ५० घरपरिवारलाई लक्षित गरी खाद्यान्न सामग्री हस्तान्तरण गरी ठूलो गुण लगाएको पोखरा २६ का अध्यक्ष नारायण बरालले बताए ।
नेपाल रेडक्रस, पोखरा वडा २६ ले केही सहयोग गरेको र पहिरोमा परि एकजना गुमाएको भए तापनि करिब ५० घर परिवार विस्थापित भएको र स्थानीय अमरज्योति आधारभूत विद्यालयमा आश्रय लिइरहेको अवस्थामा गुम्बा स्कुलले खाद्यान्न सहयोग गरेर ठूलो गुण लगाएको अध्यक्ष बरालको भनाइ थियो ।
सो अवसरमा सांसद बिष्टले गुम्बा स्कुललाई धन्यवाद ब्यक्त गर्दै पहिरोपीडितलाई आवश्यक सहयोगका लागि प्रदेश सभासमक्ष कुरा राख्ने प्रतिबद्धता ब्यक्त गरे । उनले दुःखको घडीमा सहनशील भएर अगाडि बढ्न भन्दै पीडितलाई सान्त्वना दिए । आग्रह गरे ।
पाल ऐहाम नामग्याल गुम्बा स्कुलका प्रध्याना ध्यापक ग्याचो गुरुङ र सोनाम लामाले आफुहरुको स्कुलले कोरोनालाई मध्यनजर गरी स्थापना गरिएको कोषमा १ लाख २० हजार नगद र प्राकृतिक प्रकोप पहिरोमा परि घरबार गुमाएका ५ सय परिवारलाई खाद्यान्न सामाग्री वितरण गर्ने लक्ष्य रहेको बताए ।
Related News
सम्बन्धित समाचार
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
वन्यजन्तुबाट भएको क्षतिमा १ करोड बढी राहत
दलित पत्रकार संघ गण्डकीमा पूर्ण
गण्डकीको हिउँदे अधिवेशन आह्वान
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१