ऋषिराम बराल
पोखरा, २ साउन । लकडाउकै कारण निर्माण सामाग्री र मजदुर पाउन नसँदा कृषकका लागि बिनियोजित बजेट फिर्ता भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पोखराले कृषकका लागि विभिन्न कार्यक्रममा छुट्याएको तीन करोड ३२ लाख रुपैयाँ मध्ये १ करोड ३९ लाख रुपैयाँ फिता भएको छ । १ करोड ९३ लाख रुपैयाँ मात्र कृषकले अनुदान वापत प्राप्त गरेका छन् । परियोजनाका बरिष्ठ कृषि अधिकृत बसन्त कुमार श्रेष्ठका अनुसार परियोजनाबाट दश लाख रुपैयाँका दरले अनुदान सहयोग लिनेगरी पाँच जना किसानका लागि पाँच वटा ग्रिन हाउस निर्माणका गर्न स्वीकृति लिएपनि एक जना किसानले मात्र दश लाख रुपैयाँ लिन सँझौता गर्न आए ।
त्यसैगरी स्थायी प्लाष्टिक घर निर्माणका लागि ३० जना किसानका डेढ लाखका दरले ४५ लाख रुपैयाँ छुट्याइएकोमा जम्मा १९ जना किसानले मात्र त्यस्तो प्लाष्टिक घर निर्माण सम्पन्न गरेको जानकारी श्रेष्ठले दिए । साना सिँचाई निर्माण तथा मर्मतका लागि १ लाख ५० हजारका दरले ४७ वटा योजना स्वीकृत भएकोमा २१ वटाले मात्र सम्पन्न गरेका छन् भने २६ वटा सम्झौता नै गर्न आएनन् । त्यसैगरी किसानलाई ५० वटा हाते ट्याक्टर वितरणका लागि छुट्याइएको रकम पनि प्रयाप्त मात्रामा खर्च भएको छैन् ।
परियोजनाले प्रतिफलका आधारित प्रोत्साहन अनुदान दुई सय हेक्टरका लागि २० लाख रुपैयाँ विनियोजन गरेको भएपनि त्यो पनि सवबै खर्च हुन नसकेको जानकारी अधिकृत श्रेष्ठले दिए । परियोजनाले आर्थिक बवर्ष २०७६/०७७ मा पोखरा महानगरपालिकाका वडा नं ५, ११, १३, १४, १५, १९, २१,२२,२५,२६, २७, २८,२९, ३०, ३१ र ३३ नं वडामा आफ्ना कार्यक्रमहरु संचालन गरेको जानकारी श्रेष्ठले दिए ।
पोखरालाई तरकारी सुपरजोन महानगरपालिका बनाउनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिशत लगानीमा कृषि योजनाहरु संचालन गरिने बरिष्ठ कृषि अधिकृत श्रेष्ठले बताए । पोखरा महानगरपालिकामा तरकारी मात्र १ हजार हेक्टरमा लगाइएको छ भने तरकारी सुपरजोन महानगरपालिका भन्न सकिन्छ ।
हाल पोखरा महानगरपाकिलामा एक हजार एक सय हेक्टरमा तरकारी लगाइएका कारण पोखरा महानगरपालिका तरकारी सुपरजोन महानगर पालिका बनिसकेको जानकारी अधिकृत श्रेष्ठले दिए । पोखरा-१३ का किसान हरि देबकोटाले लगडाउनका कारण प्लाष्टिक घर निर्माण र मजदुर पाउन नसक्दा समस्या पर्ने गरेको र आफूले मुस्किलले कामदार र निर्माण सामाग्री प्राप्त गरेको बताए ।
Related News
सम्बन्धित समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
hero news full width
मुख्य समाचार
बुढ्यौलीमा भेडीगोठ मोह
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१