पोखरा, २ साउन । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले पत्रकारले निष्पक्ष भएर कलम चलाउनुपर्नेमा जोड दिएका छन्। सम्बन्धित निकायलाई खबरदारी गर्न पत्रकारको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै उनले तथ्यगत कुरामा ध्यान दिन पत्रकारलाई आग्रह गरे।
पत्रकार प्रताप रानामगरलाई यस वर्षको “राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार–२०७७” हस्तान्तरण गर्दै उनले मनोगत र मनगढन्ते कुराले भ्रम सिर्जना गर्ने भन्दै तथ्यमा आधारित रहेर कलम चलाउनुपर्ने बताए ।
प्रदेश प्रमुख शेरचनले देशको सांस्कृतिक विविधतालाई सही मूल्याङ्कन गर्न नसक्दा मौलिक संस्कृति निरुत्साहित हुने भन्दै संस्कृति संरक्षण गर्ने कुरालाई राज्यले प्रोत्साहन गर्नुपर्ने बताए।
राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालद्वारा स्थापित सो पुरस्कार नेपाल मगर पत्रकार संघ, कास्कीले बिहीबार आयोजना गरेको कार्यक्रममा तनहुँका पत्रकार रानामगरलाई प्रदान गरिएको हो। पुरस्कारको राशि १० हजार रुपैयाँ नगद, ताम्रपत्र र दोसल्ला रहेको छ।
कान्तिपुर टेलिभिजनमा आवद्ध उनी नेपाल मगर पत्रकार संघ, गण्डकी प्रदेशको संयोजक, नेपाल पत्रकार महासंघ, तनहुँ शाखा कोषाध्यक्ष र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), तनहुँ शाखा अध्यक्ष छन् ।
समारोहमा गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका प्रमुख राजनीतिक सल्लाहकार गोविन्दबहादुर नेपालीले कोरोना भाइरस महामारीले जनजीवन त्रसित बनेको भन्दै सतर्क र सचेत भएर दैनिक जीवनयापन सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए ।
फोनिज गण्डकी प्रदेश इञ्चार्ज हुम गुरुङले आदिवासी जनजातिका संस्कृतिलाई राज्यले अझै सम्मान गर्न नसकेको भन्दै पत्रकार रानामगरको सम्मानले सम्पूर्ण पत्रकारिताजगत सम्मानित भएको महसुस गरेको उल्लेख गरे।
कार्यक्रममा प्रतिभा छनौट समिति संयोजक एवं नेपाल मगर पत्रकार संघका केन्द्रीय कार्यवाहक अध्यक्ष एमबी आस्था मगर, पत्रकार महासंघ, गण्डकी प्रदेश उपाध्यक्ष शान्ति गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ, गण्डकी प्रदेश अध्यक्ष खेम पुनमगर, नेपाल मगर संघ, गण्डकी प्रदेशका अध्यक्ष सिद्धान्त थापामगर, नेपाल पत्रकार महासंघ, कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालका अध्यक्ष हर्क आलेमगर, पुरस्कृत व्यक्तित्व रानामगर, प्रतिभा छनौट समितिकी सदस्य मीना थापामगर लगायतले मौलिक कौरा संस्कृति र पत्रकारिताका बारेमा बोलेका थिए ।
नेपाल मगर पत्रकार संघ, कास्की शाखा अध्यक्ष रूद्रबहादुर हितानमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव सुरज थापामगर र राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपाल उपाध्यक्ष तारामाया थापामगरले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
Related News
सम्बन्धित समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
वन्यजन्तुबाट भएको क्षतिमा १ करोड बढी राहत
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१