पोखरा । गण्डकी प्रदेशमा शनिबार १६ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
पूर्वी नवलपरासीमा ७ जना, बाग्लुङमा २ जना, म्याग्दीमा ३ जना, स्याङ्जामा १ जना, तनहूँमा १ जना र कास्कीमा २ जना गरी १६ जना नयाँ संक्रमित थपिएका हो।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा २ महिला र ५ पुरूष, कास्कीको पोखरा महानगरपालिकाको २ जना पुरुष, तनहूँको भिमादका १ जना पुरुष, स्याङजाका पुतली बजारका १ जना पुरुषमा संक्रमण पुष्टि भएको हो।
त्यस्तै म्याग्दीको रघुगंगाको २ जना पुरुष, मंगलाको १ जना पुरुष, बाग्लुङको ढोरपाटनका एक जना पुरुष र बरेङका १ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको हो।
पछिल्लो पटक थपिएका १६ जना संक्रमितसँगै गण्डकी प्रदेशमा कोभिड १९ बाट संक्रमित हुनेको संख्या १ हजार ७९ जना पुगेको छ।
यसैगरी गोरखाका पालुङटार गाउँपालिका ७ निवासी ४४ बर्षीय पुरुषको शनिबार विहान निधन भएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ जना पुगेको गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक तथा प्रवक्ता विनोद विन्दु शर्माले बताए ।
Related News
सम्बन्धित समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
ज्येष्ठ नागरिक समाजबाट सम्मान
hero news full width
मुख्य समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१