शनिवार थपिए ५५४ संक्रमित, संक्रमित संख्या १२३०९ पुग्यो

एजेन्सी
असार १३, २०७७

काठमाण्डौ, १३ असार । नेपालमा पछिल्लो २४ घण्टामा ५५४ जना कोरोना संक्रमित थपिएका छन्।

शनिबार स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप ५५४ जनामा कोरोना पुष्टि भएको बताए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ।

शनिबार थपिनेमा १२० जना महिला र ४३४ पुरुष छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार शनिबार देशका ७७ वटै जिल्लामा कोरोना फैलिएको छ। पछिल्लो समयसम्म पनि रसुवा जिल्लामा भने कोरोना पुगेको थिएन । शनिवार रसुवामा पनि कोरोना संक्रमित फेला परेको छ ।

पछिल्लो २४ घण्टामा थप १३६ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। निको हुनेमा १८ महिला र ११८ पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिए । योसँगै नेपालमा उपचारपछि निको भएर घर फर्कनेको संख्या २ हजार ३४ पुगेको छ भने कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width