पोखरा, १२ असार । पोखराबाट एकैपटक १७ जना कोरोना संक्रमित निको भई घर फर्केका छन्।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत् ३३ जना संक्रमितमध्ये कास्की, पर्वत, स्याङ्जा र गोरखाका गरी १७ जना डिस्चार्ज भएका हुन् । तीमध्ये ५ जना महिला छन्।
अस्पतालका निर्देशक सहप्राडा अर्जुन आचार्यले शुक्रबार साँझ विज्ञप्ति जारी गरी सोबारे जानकारी दिएका हुन् । जसअनुसार कास्कीका १४ जना, पर्वत, स्याङ्जा र गोरखाका १–१ जना छन्।
डिस्चार्ज हुनेमा पोखरा २७ का ५९ वर्षे, रुपा ७ का ४५ वर्षे, पोखरा ९ का ४३ वर्षे, पोखरा ३२ का १९ वर्षे, पोखरा ३२ कै १९ वर्षे, मादी ४ का १९ वर्षे, पोखरा ३३ का ४३ वर्षे, पोखरा २५ का २२ वर्षे, पोखरा ३२ का २२ वर्षे मादी ४ का ४१ वर्षे पुरुष छन्।
हालसम्म १ सय १ जना निको
यस्तै, पोखरा–१३ की २७ वर्षीया, पोखरा–३२ की ५२ वर्षीया, पोखरा–१४ की ४० वर्षीया र मादी–४ की ४० वर्षीया महिला पनि डिस्चार्ज भएका छन्।
यस्तै, स्याङ्जा वालिङ–९ की ५४ वर्षीया महिला, पर्वत कुष्मा–३ का ३५ वर्षे र गोरखाका ३७ वर्षीय पुरुष पनि निको भएका छन्।
उनीहरु सबैजनाको कोभिड–१९ को रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ । उनीहरुमध्ये पोखरा–२७ का ५९ वर्षे पुरुष जेठ २४ र कुष्मा–३ का ३५ वर्षे पुरुष जेठ ३० गते भर्ना भएकोमा अरु सबैजना असार लागेपछिमात्र अस्पतालमा ल्याइएको थियो । पछिल्लो मिति असार १० मा मादी–४ का ४१ वर्षे पुरुष र ४० वर्षीया महिला भर्ना भएका थिए।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अझै १६ जना कोरोना संक्रमितको आइसोलेन कक्षमा राखी उपचार भइरहेको छ।
यसअघि, गोरखा जिल्लाका ९ जना कोरोना संक्रमित शुक्रबार बिहान डिस्चार्ज भएका थिए । तीमध्ये १ महिला छन् । गोरखाको गण्डकी गाउँपालिकाका वर्ष २०, २१, २५, २६ र ३० का पुरुष, गोरखा नगरपालिकाका वर्ष २९, ३२ र ३५ का पुरुष तथा सोही ठाउँकी ३१ वर्षीया महिला पनि डिस्चार्ज भएका हुन् । यसअघि असार ५ मा कास्कीका ३, स्याङ्जा र पर्वतका १–१ गरी ५ जना पुरुष पनि डिस्चार्ज भएका थिए।
गण्डकीमा कुल ७ सय ९२ संक्रमितमध्ये हालसम्म १ सय १ जना निको भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए।
प्रदेशमा ९ हजार ४ सय ५८ को नमुना संकलन भएकोमा नतिजा आउन बाँकी ७ सय ८ जनाको छ । प्रदेशमा हालसम्म स्याङ्जाका २ जना पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । प्रदेशमा शुक्रबार २५ जना नयाँ संक्रमित फेला परेका थिए।
Related News
सम्बन्धित समाचार
गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुँदै
बन्दीपुरमा पर्यटकको चहलपहल
गुप्तेश्वर गुफाको आम्दानीको स्रोत कामधेनु गाई
बन्दीपुर घुम्न आएका विदेशीलाई दसैंको टीका
बाहिरियो नेपालबाट मनसुन
hero news full width
मुख्य समाचार
कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’
दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु
असाेज २६, २०८१हर्षोल्लासका साथ मनाइँदै विजया दशमी
असाेज २६, २०८१९ महिना मै भित्रिए मुस्ताङमा १ लाख पर्यटक
असाेज २५, २०८१दसैँलाई कोसेली मुस्ताङी स्याउ
असाेज २५, २०८१विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
असाेज २४, २०८१