घरजग्गा बहालमा सहुलियत प्रदान गर्न माग

आदर्श समाज सम्वाददाता
असार ७, २०७७
Pokhara-Tourism-Council

पोखरा, ७ असार । लकडाउन अवधिभरको घरजग्गा भाडा आपसी समझदारीमा ५० प्रतिशत सहुलियत गर्न पोखरा पर्यटन परिषदले घर तथा जग्गा धनीहरुलाई अपिल गरेको छ ।

परिषद्ले कोभिड १९ को प्रत्यक्ष र सवैभन्दा बढी असर पर्यटनमा परेको भन्दै त्यस्तो सहुलियत माग गरेको हो । लकडाउन आंशिक रुपमा केही खुकुलो भएपनि पर्यटन क्षेत्र भने बन्द छ, यस अवस्थामा केही छिटफुट बाहेक सम्पूर्ण आर्थिक गतिविधिहरु ठप्प छ अपिललमा भनिएको छ ।

पर्यटन व्यवसायीहरु पलायन भएमा समग्र पर्यटन क्षेत्रमा नै लामो समयसम्म नकरात्मक प्रभाव पर्ने हुनाले पर्यटन क्षेत्रमा आफ्नो स्थीर सम्पत्ति भाडामा लगाउने घरधनी महानुभावहरु र पर्यटन व्यवसायीहरुले एक आपसको मर्का बुझि व्यवसायको निरन्तरता हुने अवस्था सृजना गर्नका लागि दुवै पक्ष संयमता एव जिम्मेबारी बोधका साथ अगाडि वढ्नु पर्ने देखिन्छ परिषद्का महासचिव डिल्लीप्रसाद गौतमद्वारा हस्ताक्षरित अपिल पत्रमा छ ।

Related News

सम्बन्धित समाचार

  • पर्यटक तान्न टेवानकाे ‘तीज सांस्कृतिक महोत्सव–२०८१’ हुने

    आदर्श समाज सम्वाददाता भाद्र १६, २०८१
    पोखरा, १६ भदौ । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) आयोजनामा पोखरामा ‘तीज सांस्कृतिक महोत्सव–२०८१’ हुने भएको छ । ‘दिगो पर्यटनका…
  • टान गण्डकीमा कृष्ण आचार्य

    आदर्श समाज सम्वाददाता भाद्र १५, २०८१
    पोखरा । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान), गण्डकी अध्यक्षमा कृष्णप्रसाद आचार्य निर्वाचित भएका छन् । टान गण्डकीको शनिबार ३१…
  • पोखरा पर्यटन परिषद्मा नयाँ कार्यसमिति

    आदर्श समाज सम्वाददाता भाद्र १३, २०८१
    पोखरा, १३ भदौ । पोखरा पर्यटन परिषद्मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । संस्थाको २४ औं वार्षिक साधारणसभा तथा १३…
  • हामखोला झरना ‘वाटरफल महोत्सव’

    आदर्श समाज सम्वाददाता भाद्र १३, २०८१
    लमजुङ । लमजुङमा आयोजित दुईदिने हामखोला झरना ‘वाटरफल महोत्सव’ भव्यरुपमा सम्पन्न भएको छ । हामखोला झरना ‘वाटरफल महोत्सव’ को चौंथो…
  • पाहुना सत्कारमा माहिर चित्रेली

    धनबहादुर गुरुङ भाद्र ९, २०८१
    पोखरा । छिटको गून्यू । मखमलको चोलो । रातो घलेक । टिकिया र घाँटीमा पहेंलो पोते अनि कण्ठमाला÷मुगामाला । कम्मरमा…

hero news full width