वालिङ, ४ असार। यहाँका किसानले उत्पादन गरेका ताजा तरकारी उपभोक्ताको घर–घरमै पुर्याउन थालिएको छ । वालिङ नगरपालिकाभित्रका ब्यवसायिकरुपमा वा अन्य किसानले उत्पादन गरेका कृषि उपजहरु संकलन गरी सवारी साधनमार्फत बजारका टोल–टोल तथा घर–घरमै पुर्याउन थालेसँगै किसानले उत्पादन गरेका कृषि उपजले सहजरुपमा बजार पाएको हो भने उपभोक्ताले घर–घरमै ताजा तरकारी प्राप्त गरेका वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताए।
“गाउँ गाउँमा सामूहिक वा ब्यक्तिगतरुपमा उत्पादन भएको कृषि उपजहरु सहकारीमार्फत खरीद गरेर ल्याउने गरिएको छ” नगर प्रमुख खाँणले भने, “किसानको फर्मबाट नै खरीद गरी सवारी साधनमार्फत बजारका विभिन्न ठाउँमा बिक्री गर्दै हिंड्दा किसानले उत्पादन गरेको कृषि उपजले सहजै बजार पाउने र उपभोक्ताले ताजा तरकारी उपभोग गर्न पाउने छन्।”
वालिङ नगरपालिका, दियालो÷युनएनडिपी नेपाल र हरितज्योति गौरब कृषि सहकारीको समन्वय र सहकार्यमा गाउँ गाउँबाट कृषि उपज संकलन गरी बजारमा ल्याएर बिक्री गर्ने गरिएको नगर प्रमुख खाँणले बताए।
किसानले उत्पादन गरेको कृषि उपज सिधै उपभोक्ताले उपभोग गर्न पाउने भएकाले विचौलियाको अन्त्य भई सुपथ मूल्यमा उपलब्ध हुने हरित ज्योति गौरब कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर खाँणले बताए।
अहिलेको विषम परिस्थितिमा किसानले उत्पादन गरेको कृषि उपजले बजार नपाउने र उपभोक्ताले ताजा तरकारी उपभोग गर्न नपाउने अवस्था आउन नदिनका लागि यो अभियान सञ्चालन गरिएको संस्थाका अध्यक्ष खाँणले बताए।
वालिङ नपा, दियालो/युएनडिपी र सहकारीको समन्वय र सहकार्यमा थालिएको यो अभियानलाई विषम परिस्थितिमामात्रै नभई सहज हुँदाको अवस्थामा पनि निरन्तरता दिईने दियालो संस्थाकी अध्यक्ष कविता तिवारीले बताईन्।
“वडा–वडामा कृषि उपज संकलन केन्द्र निर्माण गरिएको छ, त्यहाँ किसानले उत्पादन गरेका कृषि उपज संकलन गर्छौं” दियालो संस्थाकी अध्यक्ष तिवारीले भनिन्, “वडाको संकलन केन्द्रमा संकलन भएका कृषि उपजहरु सवारी साधनको प्रयोग गरी सहकारीमार्फत बजारमा पुर्याउँछौं र सुपथ मुल्यमा बिक्री गर्छौं ।”
यस अभियानलाई थप ब्यवस्थित र दीर्घकालीनरुपमा अगाडि बढाउने गरी योजना भईरहेको अध्यक्ष तिवारीले बताईन् ।
आफ्नै गाउँ ठाउँमा उत्पादन भएको ताजा ताजा तरकारी त्यो पनि सुपथ मुल्यमा आफ्नै घर आँगनमा रोजेर लिन पाउँदा निक्कै खुशी लागेको वालिङ ९ की शुभद्रा खनालले बताईन् ।
“बन्दाबन्दीका कारण लामो समयदेखि बजारमा रहेका तरकारीहरु किन्नुपर्ने बाध्यता थियो” गृहिणी खनालले भनिन्, “घर घरमै ताजा अनि सस्तोमा तरकारी आउन थालेपछि यसको माग पनि निक्कै बढेको छ भने बाहिर हिड्नुपर्ने जोखिम पनि हटेको छ।”
यसअघि वालिङ नगरपालिकाले बाहिरबाट तरकारी आयातमा रोक लगाउँदै स्थानीय स्तरमा उत्पादन भएका तरकारी तथा कृषि उपजहरु बिक्री वितरणमा सहज हुने वातावरण सिर्जना गरेको थियो।
नगरपालिकाले नगरभित्र उत्पादन भएका ताजा तरकारीहरुलाई यसअघि राहत वितरणका समयमा राहत प्याकेजमा समावेश गरेकाले कृषिजन्य उपज सहजरुपमा खपत भएको थियो।
Related News
सम्बन्धित समाचार
गण्डकीको हिउँदे अधिवेशन आह्वान
गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
स्याङ्जाली सम्पर्क सदन पोखराको ३० औं स्थापना दिवस
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघ ७, २०८१