पोखरा, ४ असार। हिमालपारीको जिल्ला मनाङमा समेत कोरोना देखिएको छ । नेपालमा कोरोना संक्रमण देखिएको ४ महिनासम्म मनाङ र मुस्ताङमा संक्रमित देखा नपरेकोमा मनाङ भने अब चोखो रहेन । गण्डकीमा ११ मध्ये यसरी १० जिल्लामा संक्रमण फैलिन पुगेको छ।
गण्डकी प्रदेशमा बिहीबार मनाङसहित चार जिल्लामा ४२ जना कोरोना संक्रमित देखा परेका हुन् । यो संख्या एकैदिनमा देखिएको अहिलेसम्मकै उच्च हो ।
प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार विज्ञप्ति प्रकाशित गरी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा १८ जना, तनहुँमा १२ जना, गोरखामा ११ जना र मनाङमा १ जनामा संक्रमित फेला परेको पुष्टि गरेको हो । योसँगै गण्डकीमा कोरोना भाइरस संक्रमितको सख्या २ सय ८९ पुगेको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार मनाङमा मनाङ चामे गाउँपालिकामा कार्यरत ५७ वर्षीय पुरुष कर्मचारीमा संक्रमण देखिएको हो । उनको घर कपिलबस्तु बाडगंगा १४ रहेकोमा तराईबाट कार्यक्षेत्र फर्किने क्रममा संक्रमण देखिएको जनाइएको छ । अन्य ४१ जना भने भारतबाट फर्केर सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा बस्दैआएका थिए।
संक्रमित ४२ मध्ये १ जना महिला छन् । उनी गोरखाको पालुङटार नगरपालिकाकी ४० वर्षीया हुन् । पालुङटारकै अन्य ६ जना पुरुषमा संक्रमण देखिएको छ । उनीहरु ४६, ४५, ४२, २८, २३ र ४१ वर्ष उमेरका पुरुष हुन् । त्यस्तै गोरखाकै शहीद लखन गाउँपालिकाका ४ जना पुरुषमध्ये वर्ष ५४, ३१, ३८ र २७ का पुरुषमा कोरोना भाइरस संक्रमण भेटिएको छ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यबिन्दु नगरपालिकाका वर्ष २१ देखि ४५ उमेर समूहका १५ जना पुरुषमा कोरोना देखिएको छ भने गैँडाकोटका ३ जना छन् । तीमध्ये भरतपुर अस्पतालमा उपचार क्रममा गरिएको परीक्षणमा वर्ष २८ का पुरुषमा संक्रमण देखा परेको हो भने अन्य २ जनाको उमेर समूह खुलेको छैन ।
त्यस्तै, तनहुँको ऋसिङ गाउँपालिकाका ७ जनामध्ये वर्ष २० देखि ४० उमेर समूहका छन् । शुक्लागण्डकी नगरपालिकाका १८ वर्षीय तथा भानु नगरपालिकाका ४ जनामध्ये वर्ष २२, ४०, ४२ र ५२ वर्षीय पुरुष छन्।
गण्डकीमा एकै दिनको अवधिमा गत जेठ २५ मा ३८ जनासम्म व्यक्तिमा कोरोना देखिएको थियो । गण्डकीमा कुल संक्रमितमध्ये हालसम्म २१ जना निको भएका छन्।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१