पोखरा । समाजवादी पार्टीकी सांसद धनमाया लामा पोखरेलले सरकार संघीयताको कालिदास बनेको आरोप लगाईन्। गण्डकी प्रदेशको आगामी बजेटमाथी छलफल गर्दै उनले बजेट जनमुखी हुन नसकेको भन्दै उनले सरकारकै कारण संघीयता धरापमा पर्न लागेको बताएकी हुन्।
‘सरकार संघीयताको कालिदास बनिरहेको छ । टुप्पोमा बसेर फेद काट्ने काम नगरौं,’ उनले भनिन्, ‘सरकारसँग प्रदेश नीति योजना आयोग छ । प्रदेश विकास प्राधिकरण छ । यदी आफैले बजेट बाँड्दै हिड्ने हो भने यि निकाय किन बनायौं ?’ सरकारले बजेटको प्राथमिकता छुट्याउन नसकेको उनको गुनासो छ । ‘स्वास्थ्य, शिक्षा र कृषिमा धेरै कुरा भयो । बजेटमा त्यो समेटिएन । सरकारले पुनः विचार गरोस्,’ उनी अघि भन्छिन्, ‘एकमुष्ट बजेट राख्ने र आफ्नो अनुकुलतामा कार्यविधि बनाएर कार्यकर्तालाई पोस्ने खालको छ । यो सरासर नीतिगत भ्रष्टाचार हो ।’ सांसद पोखरेलले निर्वाचन क्षेत्र पूर्वाकार विकास कार्यक्रम खारेजीको माग गरिन् । ‘माननीयहरु आफै ईन्जिनियर बन्ने, आफै ठेकेदार बन्ने ? असारमै सम्झौता गरेर असारमै फस्र्यौट गर्दा परिणाम बालुवामा पानी खन्याएको जस्तै छ । प्रदेश गौरवको आयोजनामा लैजानुपर्छ,’ उनले भनिन्।
सरकारले परिस्थितिलाई मात्रै आरोप लगाएर गल्ती ढाकछोपमा लागेको उनकोे आरोप छ । ‘कोरोना सरकार जोगाउन आएको जस्तो छ । २ बर्षसम्म कर्मचारी, ब्यवस्थालाई दोष लगायौं । तेश्रो बर्षदेखि कोरोनालाई दोष लगाएर अबको पछिल्ला बर्षहरुमा अलग बस्न मिल्दैन,’ उनले भनिन्।
Related News
सम्बन्धित समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
बुढ्यौलीमा भेडीगोठ मोह
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१