पोखरा, ३२ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ आइतबार पोखरास्थित कोरोना प्रयोगशालाको अनुगमनमा निस्केका छन् । एकपछि अर्को स्वाब थुप्रिदै जाँदा परीक्षण दर सुस्त रहेको विभिन्न जिल्लाबाट गुनासो आएपछि मुख्यमन्त्री स्वयं अनुगमनमा निस्केका हुन् ।
उनले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा संचालित प्रदेशको कोरोना प्रयोगशालाका कर्मचारीलाई भेटी पछिल्लो जानकारी लिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेले जानकारी दिए । उनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिबहादुर थापा प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्मा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्य, प्रयोगशालाकी निमित्त प्रमुख सपना सुवेदी लगायत कर्मचारीसँग भेट गरी परीक्षण प्रगतिबारे जानकारी लिएका थिए ।
अनुगमनमा मुख्यमन्त्रीसहित सामाजिक विकास मन्त्री नरदेवी पुन, सचिव डिल्लीराम शर्मा सुवेदीको पनि उपस्थिति रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सोक्रममा मुख्यमन्त्री गुरुङले काठमाडौंबाट थप जनशक्ति आएपछि परीक्षण दर बढाउन सकिने आश्वासन दिए ।
थपियो पीसीआर मेसिन ः
गण्डकी प्रदेशमा आइतबारदेखि नयाँ पीसीआर मेसिन संचालन गरी टेष्टिङ सुरु भएको छ । योसँगै प्रदेशमा ३ वटा मेसिन संचालनमा आएका छन् । प्रदेशकै एकमात्र पीसीआर मेसिन परीक्षण ल्याब प्रदेश मातहतमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा संचालित छ । काठमाडांैदेखि २ लाख रुपैयाँ हेलिकोप्टर भाडा तिरेर नयाँ मेसिन ल्याएपछि पोखराबाटै १८ चैतदेखि कोरोना परीक्षण सुरु भएको हो । त्यसको ४ दिनपछि पुरानो मेसिन समेत संचालनमा आयो ।
प्रदेश सरकारले गण्डकीमा २८ हजार जनाको पीसीआर चेक गर्ने लक्ष्यसाथ नयाँ मेसिन खरिद गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकैको प्रदेश निर्देशनालयका फोकल पर्सन नवराज शर्माले जानकारी दिए । त्यस्तै, प्रदेश सरकारले नयाँ पीसीआर मेसिन संचालनमा ल्याए पनि आवश्यक जनशक्ति अभावमा २ सिफ्टमा काम हुन सकेको छैन । यता, सामाजिक विकास मन्त्रालयले विभिन्न जिल्लाबाट कर्मचारी ल्याएर तालिम दिन थालेको मन्त्री नरदेवी पुनले बताइन् । तालिम सकिइ जनशक्ति पूर्तिसँगै सबै मेसिन चल्दा मेसिनले दैनिक ५ सय वटासम्म नमूना परीक्षण गर्न सक्नेछ । हाल २ सय हाराहारीमा परीक्षण हुँदैआएको छ ।
प्रदेश सरकार अझै अर्को (चौथो मेसिन) पनि खरिद गर्ने तयारीमा छ । आवश्यक प्रक्रिया अघि बढिसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । गण्डकीमा अझै २ हजार ३ सय ८२ नमुनाको रिपार्ट आउन बाँकी छ । हालसम्म ८ हजार ४ सय ४३ नमुना संकलन भएकोमा १ सय ९९ संक्रमित छन् । १ संक्रमितको मृत्यु भएको छ भने १६ निको भएका छन् ।
Related News
सम्बन्धित समाचार
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
hero news full width
मुख्य समाचार
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१ढल्यो ऐतिहासिक सम्पदा ‘पोखरा गेट’, विकल्पबिनै भत्काइएकोमा विरोध
पौष २९, २०८१