सरकारले २ दिनअघि फेरेको लकडाउन मोडालिटी कायम राख्दै जिल्ला प्रशासन कास्कीले पनि जिल्लाभित्र कोभिड–१९ विरुद्ध सुरक्षा मापदण्ड अपनाएको छ।
प्रजिअ ज्ञानप्रसाद ढकालले शुक्रबार सूचना जारी गर्दै अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कनतथा तोकिएबमोजिम जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना तथा सामाजिक दूरी कायम गर्ने गराउने पूर्ण जिम्मेवारी बहन गर्न आग्रह गरेका छन्।
जसअनुसार कास्कीमा शैक्षिक संस्थाहरु (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र) हाललाई संचालन नगर्ने, सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार लगायत मनोरञ्जन स्थल संचालन नगर्न आग्रह गरिएको छ।
यस्तै, सार्वजनिक पुस्तकालय, संग्रहालय, चिडियाखाना, स्पा, सैलुन तथा व्युटी पार्लर, स्वीमिङ पुल, जिमखाना लगायत हेल्थ क्लब, सपिङ मल, समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल, यात्रुबाहक सार्वजनिक सवारीसाधन (पर्यटक सवारीसाधनसमेत) चलाउन पाइने छैन ।
कास्की जिल्लाभित्र मात्र जोर बिजोर प्रणालीमा संचालन हुने निजी सवारीसाधनबाहेक अन्य निजी सवारीसाधन चलाउन पाइने छैन । जोर गते जोर र बिजोर गते बिजोर नम्बर भनिएको हो ।
यसैगरी, २ मिटरको सामाजिक दूरी कायम गर्ने, मास्क प्रयोग गर्ने, पटक पटक साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने गरी १३ बुँदामा उल्लेख सेवा वा कार्य संचालन गर्न पाइने भनिएको छ ।
जसमा स्वास्थ्यसँग सम्बन्धित सबै सेवा, सबै प्रकारका कृषि र पशुपक्षी व्यवसाय, उद्योग, व्यापार, व्यवसाय, पसल, डिपार्टमेन्टल स्टोर, सबै प्रकारका ढुवानी, पैदल आवागमन, साइकल र मोटरसाइकल (चालकमात्र), कास्कीभित्र जोरबिजोर प्रणालीमा संचालन हुने गरी निजी सवारीसाधन (चालकबाहेक थप २ जनामात्र), फोहोरमैला व्यवस्थापन, विद्युत्, दमकल, एम्बुलेन्स, संचार तथा प्रसारण, हुलाकसम्बन्धी सेवा, बैंक तथा वित्तीय संस्था, सहकारी र बीमा सेवा संचालन हुनेछन्।
नर्सरी र वनजन्य उद्यम, विकास आयोजना, निर्माण कार्य (निजीसमेत), नदी तथा खानीजन्य पदार्थ उत्पादन, संकलन, ढुवानी र बिक्री वितरण, रेष्टुरेन्टबाट हुने प्याकिङ तथा टेक अवे सेवा, क्वारेन्टाइनका लागि तोकिएका होटल र यातायात साधन पनि चलाउन पाइने छ।
बिहान ८ देखि दिउँसो १ र दिउँसो १ देखि साँझ ६ बजेसम्म गरी २ सिफ्टमा कार्यालय संचालन हुनेछन्
कास्कीमा समेत असार १ देखि लागू हुने गरी सरकारी कार्यालय, शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्था २ सिफ्टमा चलाउनुपर्नेछ । बिहान ८ देखि दिउँसो १ र दिउँसो १ देखि साँझ ६ बजेसम्म गरी २ सिफ्टमा ती कार्यालय संचालन हुनेछन्।
असार १ देखि नै सार्वजनिक तथा जोरबिजोर प्रणालीमा संचालन हुने गरी निजी सेवा प्रदायक कार्यालयमा श्रमिक तथा कर्मचारी ओसार्दा प्रयोग गरिने सवारीसाधन चलाउन पाइनेछ । तर, त्यस्ता खालका सवारीसाधनको सिटको एक लहरमात्र एक जनामात्र यात्रु राख्ने, सबै यात्रुले मास्क लगाउनुपर्ने, स्यानिटाइटर व्यवस्थ ागर्ने र सवारीसाधनलाई निसंक्रमित गर्नुपर्ने जस्ता सुरक्षा व्यवस्था भने अपनाउनुपर्नेछ।
प्रशासनले तोकिएबाहेकको कार्य संचालन गरेको पाइए संक्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारबाही समेत गर्ने सूचनामा उल्लेख छ ।
मन्त्रिपरिषद्को बुधबारको बैठकले देशभर लागू हुने गरी चैत ११ देखिको लकडाउन मोडालिटी फेरेर नयाँ कायम गर्ने निर्णय गरेको थियो । पछिल्लो घोषित लकडाउन जेठ ३२ सम्म कायम थियो।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
hero news full width
मुख्य समाचार
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
माघ ६, २०८१पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
माघ ५, २०८१