नेपालमा कोरोना संक्रमितको संख्या ४६१४ पुग्यो

एजेन्सी
जेठ २९, २०७७
coronavirus

काठमाण्डौ, २९ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा २५० कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये २३० पुरुष र २० जना महिला रहेका छन्।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा देशभर गरेर २५० जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ६१४ पुगेको प्रवक्ता गौतमले जानकारी दिए।संक्रमितमध्ये ४ हजार २८५ पुरुष र ३२९ महिला रहेका छन् भने १५ जनाले ज्यान गुमाएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width