पोखरा, २८ जेठ । कास्कीका पाँच राजनीतिक दलले तीन तहका सरकार कोरोना नियन्त्रण, रोकथाम र आवश्यक व्यवस्थापनमा असफल भएको ठहर गरेका छन् ।पोखरामा बुधबार सम्पन्न नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, राप्रपा, नेकपा मसाल, राष्ट्रिय जनमोर्चा पार्टीको सर्वदलीय बैठकले त्यस्तो ठहर गरेको हो ।
पोखरा सृजनाचोकस्थित जनता समाजवादी पार्टी कास्कीको कार्यालयमा अध्यक्ष गिरिप्रसाद गुरुङको अध्यक्षतामा बसेको बैठकमा कास्की काँग्रेसका सभापति कृष्ण केसी, राप्रपा कास्कीका कार्यवाहक अध्यक्ष गणेश ढकाल, नेकपा मसाल कास्कीका प्रवत्ता चन्द्रबहादुर केसी, राष्ट्रिय जनमोर्चा कास्कीका कोषाध्यक्ष राजु पुरी, कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देल र जनता समाजवादी पार्टी पोखरा महानगरका अध्यक्ष टीकाराम पौडेल सहभागी थिए ।
बैठकले कोरोनाबाट मृत्यु भएकाको अन्त्येष्टिका लागि तत्काल उपयुक्त स्थान छनोट गर्न, विद्यालयलाई क्वारेन्टिन नबनाउन, राहत संकलन र वितरणको विवरण तत्काल सार्वजनिक गर्न माग गरेको छ । बैठकले लकडाउनका कारण व्यवसाय ठप्प भएको अवस्थामा सरकारले कर तिर्न गरको आग्रह अव्यवहारिक भएको ठहर गरेको छ । लामो समयको लकडाउनका कारण गरीब तथा विपन्न वर्ग समस्यामा परेकाले तत्काल राहत व्यवस्थापन गर्न, किसानका लागि राहतको प्याकेज ल्याउन, एसईई लगायतका शैक्षिक गतिविधि सञ्चालन हुने वातावरण मिलाउन माग गरेको कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देलले बताए ।
बैठकले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोरोना अस्पताल नबनाउन सरकारको ध्यानाकर्षण गराउनुको साथै कोरोना परीक्षणको दायरा बढाउन र स्वास्थ्य सुरक्षा सामग्रीको खरिद बिक्रीमा देखिएको मनोमानी र अनियमितता नियन्त्रण गर्न माग गरेको छ । जनप्रतिनिधिकै रोहवरमा तरकारीजन्य उत्पादन नष्ट गरिएको घटनाप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै स्थानीय कृषकले उत्पादन गरेका कृषिजन्य उत्पादनको प्रवद्र्वन गर्न बैठकले माग गरेको छ ।राजधानीलगायत विभिन्न स्थानमा जनजीविका र राष्ट्रियताको पक्षमा गरिएको प्रदर्शनमा सरकारले हस्तक्षेप गरेको भन्दै निन्दा गरेको छ । रुकुमलगायतका स्थानमा भएका जातीय विभेदका घटनामा संलग्न दोषीलाई कारवाही गर्न माग गरेको छ । यसअघि करीब एक महिना पहिले कास्की काँग्रेसका सभापति कृष्ण केसीको पहलमा सर्वदलीय बैठक बसेको थियो ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
hero news full width
मुख्य समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१