बागलुङ, २८ जेठ । कोरोना संक्रमण भएर धौलागिरि अस्पताल बागलुङको आइशोलेसनमा भर्ना भएका बडिगाड र तमानखोलाका ४ जना डिस्चार्ज भएका छन् ।
स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिका अनुसार अस्पतालमा भर्ना भएको १४ दिनपछि कुनै लक्षण नदेखिएमा डिस्चार्ज गर्ने प्रावधान अनुसार बडिगाड गाउँपालिकाका २ जना र तमानखोला गाउँपालिकाका २ जनालाई डिस्चार्ज गरिएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डाक्टर शैलेन्द्र विक पोखरेलले बताए ।
पहिले संक्रमण देखिएपछि पहिले जस्तो लगातार दुई पटक नेगेटिभ आएर डिस्चार्ज गर्ने प्रावधानलाई स्वास्थ्य मन्त्रालयले अहिले आइसोलेसनमा भर्ना भएको १४ दिनसम्म उनीहरुमा कुनै पनि लक्षण नदेखिएमा स्वतः डिस्चार्ज गर्ने निर्देशन जारी गरेकोले आज डिस्चार्ज गरिएको बताए ।
भारतदेखि आएर पालिकाहरुको क्वारेन्टाइनमा बसेका उनीहरुलाई जेठ १४ गते संक्रमण पुष्टि भएपछि सोहि दिन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । आइसोलेसनमा भर्ना गरिएका ६ जना मध्य २६ गते तमानखोलाका २७ वर्षीय २ जना पुरुष र बडिगाडका १९ र २० वर्षीय पुरुषको दोस्रो स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो ।
बागलुङ जिल्लामा नेपाल कै पाचौं र छैठौं कोरोना संक्रमित बागलुङ नगरपालिकाका २ जना बिरामी निको भएर डिस्चार्ज भइसकेका छन् ।बागलुङ जिल्लामा अहिलेसम्म ४० जना कोरोना संक्रमित पुगिसकेका छन् भने ६ जना उपचार पछि डिस्चार्ज भइसकेको अस्पतालले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
एन प्याब्सन महाधिवेशन फागुनमा
रिहर्सलमा ‘सपना डिलक्स कोच’
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
मानवअधिकार एलायन्समा पन्थी
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
hero news full width
मुख्य समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१