भुम्दीकोट समाज युकेले खाद्य सामाग्री बाड्यो

आदर्श समाज सम्वाददाता
जेठ २४, २०७७
bhumdi 1

पोखरा, २४ जेठ । भुम्दीकोट समाज युके र पुम्दीका चेलीहरुबाट जन्मगाँउबासीका लागि राहत वितरण गरेको छ । शुक्रबार पोखरा महानगर वडा नं.२२ भुम्दी ओख्लेडाडास्थित ओख्लेडाडा भुम्दीकोट माविमा कार्यक्रम आयोजना गरी भुम्दी, काभ्रे, देउराली, स्वाँरा, टुनार,चुत्राल, चिसापानी, पलाँसे, तारेभीर लगायतको गाँउका निम्न वर्गका १५१ घर परिवारलाई ५ लाख ४० हजार रुपैया बराबरको खाद्य सामाग्री वितरण गरिएको हो ।

भुम्दीकोट समाज युके कोषाध्यक्ष नन्दराम गुरुङ, सदस्य सुदाम गुरुङ, सदस्य राजु गुरुङ र भुम्दीकोट समाज पोखराका अध्यक्ष सुवेदार ओमबहादुर गुरुङ राहत वितरण गरेका थिए । समाजसेवी देउकाजी गुरुङको क्रियाशीलता, क्या.दिलकाजी गुरुङको अभिभावकत्व,जनप्रतिनीधि ओमकुमारी गुरुङ लगायत आमा समुह, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विभिन्न क्लब र उक्त क्षेत्रका अगुवाको बृहत सहभागितामा परदेशको माया स्वरुप चालम, दाल, पिठो, तेल, नुन, चिनी, चियापत्ती र साबुन समेतका सामाग्री प्रदान गरिएको हो ।

१५१ घरपरिवारलाई राहत आवाश्यक रहेको भन्दै छनौट गरी परिवारमा सदस्य संख्याको हिसाबले ४ समुहमा विभाजन गरी परिवारमा २ जनासम्म हुने ३६ परिवारलाई २ हजार ७४७ रुपैया बराबरको खाद्य सामाग्री, ३ देखि ५ जना सम्मको १०२ परिवारलाई ३ हजार ७२२ बराबरको खाद्य सामाग्री , ६ देखि ९ जनासम्मको परिवारलाई ४ हजार ५४७ रुपैयाँ बराबरको खाद्य सामाग्रीका साथै १० जना भन्दा बढी परिवार रहेको २ घरलाई ४ हजार ८१४ रुपैयाको खाद्य सामाग्री उपलब्ध गराइएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग