पाल्पाली समाज पोखराले नयाँ वर्ष–२०७७ सालको क्यालेण्डर प्रकाशन गरेको छ । लकडाउनबीच समेत समाजको नयाँबजारस्थित कार्यालयमा आयोजित समारोहमा क्यालेण्डर सार्वजनिक गरियो । कार्यक्रममा प्रमुख अतिथि बस्यालले पत्रकार भरत कोइरालालाई क्यालेण्डर हस्तान्तरण गरी सार्वजनिक गरेका हुन् ।
प्रमुख अतिथि गण्डकी प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्यालले समाजले पाल्पा र पोखराको पर्यटन प्रवद्र्धन लगायतमा सिर्जनात्मक र रचनात्मक काम गरेको बताए । उनले पाल्पाली समाजले सबै क्षेत्रको लागि प्रेरणादायी काम गरेको भन्दै संस्थाको गतिविधिको प्रशंसा गरे । साथै आफू जहाँ भएपनि सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
यसैगरी, लकडाउनकै कारण पाल्पाली सदस्य कोही बेरोजगारी भए आवश्यक मापदण्ड र स्वास्थ्य सचेतनासहित सामाजिक दूरी कायम गरी महानगर वा समाजको समन्वयमा काम दिलाउने वचन दिए ।
समाजका अध्यक्ष कुलप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा समाजका पूर्व अध्यक्ष एवं पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, समाजका पूर्व अध्यक्षहरु नारायण पौडेल, बाबुराम खनाल, सल्लाहकारहरु जनपुकार मुनकर्मी, श्याम कुँवर, खेम सारु, कानूनी सल्लाहकार विष्णुप्रसाद लम्साल, समाजका प्रथम उपाध्यक्ष रेशम रचक, द्वितीय उपाध्यक्ष बालचन्द्र परियार, सचिव केशव नेपाल, सदस्यलगायत उपस्थित थिए ।
समाजले नियमित रुपमा हरेक वर्ष क्यालेण्डर निकाल्दैआएको छ । क्यालेण्डरमा समाजका गतिविधि, भावी कार्यक्रम एवं पाल्पाका पर्यटकीय एवं धार्मिक केन्द्र समेटिएको छ ।
Related News
सम्बन्धित समाचार
मेला हेरे मोबाइल !
पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
मुल्मीको एकल चित्रकला प्रदर्शनी
कालिका माविको ४२ औं वार्षिकोत्सव
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
hero news full width
मुख्य समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
माघ १०, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१