नयाँ दिल्ली, ५ जेठ। भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली सरकारले निजी कार्यालयहरुलाई पूर्ण रुपमा सञ्चालन गर्न आग्रह अनुमति दिने भएको छ ।
सतर्कता अप्नाउदै कार्यालयलाई पूर्ण क्षमता अनुसार नै सञ्चालन गर्न अनुमति दिइने भएको मुख्यमन्त्री अरविन्द केजरीवालले जानकारी दिए।
अधिकांश कर्मचारीहरुलाई घरबाटै काम गर्ने व्यवस्था गर्नेगरी सञ्चालनको अनुमति दिन लागिएको उनले बताए।
निजी कार्यालयहरुलाई पूर्ण क्षमताका साथ सञ्चालनका लागि अनुमती दिइने भएको छ, तर उनीहरुले अधिकांश कर्मचारीलाई घरबाटै काम गर्न प्रेरित गर्नुपर्नेछ, उनले भने।
सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले केन्द्रीय राजधानी दिल्लीमा उपलब्ध मजदुरहरुलाई मात्रै परिचालन गरेर निर्माण कार्यहरु अगाडी बढाउन पनि सकिने जानकारी दिए।
नियन्त्रित क्षेत्रमा भने यस्ता कुनै पनि गतिविधि गर्न प्रतिवन्ध लगाइएको पनि मुख्यमन्त्री केजरीवालले बताए।
केन्द्रीय गृह मन्त्रालयले आ आफ्नो क्षेत्रलाई ग्रिन, ओरेन्ज र रेड जोन घोषणा गरेर त्यही अनुसारको लकडाउनलाई कार्यान्वयन गर्न प्रदेश सरकारहरुलाई अधिकार दिएको छ।
भारतमा अहिले लागु भएको चौथो चरणको देशव्यापी लकडाउनलाई खुकुलो बनाउने केन्द्रीय निर्णय अनुसार कतिपय ठाउँमा अवस्था हेरेर लकडाउनको स्वरुपमा परिवर्तन गरिएको छ।
Related News
सम्बन्धित समाचार
एक्सपर्ट एडु कन्क्लेभ तयारी
सन् २०२२ मा घाटामा रहेका श्रीलंकका ५२ सरकारी लगानीका व्यवसाय नाफामा
बाइडेन र ट्रम्प दुवै मिचिगनबाट निर्वाचित हुने करिब पक्का
सहयोगदातालाई कास्की आदर्श समाज कतारको सम्मान
पोखराका सुवेदी दिदीबहिनीको बेलायतमा मृत्यु
hero news full width
मुख्य समाचार
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जेठ २, २०८१व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
जेठ २, २०८१पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१