कर्णाली प्रदेशमा देखियाे पहिलाे पटक काेराना संक्रमण  

आदर्श समाज सम्वाददाता
जेठ ६, २०७७
covid 19 corona banner

काठमाडौँ, ६ जेठ।  कोभिड –१९ को संक्रमण साेमबार राती फेरि १८ जनामा देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगञ्ज र कोशी अस्पताल विराटनगरमा परीक्षणका क्रममा नयाँ संक्रमण देखिएको बताए।

उनका अनुसार नयाँ देखिएका संक्रमितमा दैलेख र खोटाङ जिल्लाका पनि छन् । दैलेखमा संक्रमित देखिएसंँगै कर्णाली प्रदेशमा पनि संक्रमण देखिएको छ।

नयाँ संक्रमित सबै पुरुष छन् । उहाँका अनुसार संक्रमण देखिएकामध्ये धनुषा निवासी दुई, खोटाग हलेसी निवासी, बाँके नरैनापुर गाउँपालिका निवासी १२, दैलेख आठबीस वडा नंं १ निवासी एक , सुनसरी निवासी र झापा निवासी एक छन्।

यसअघि साेमबार नै ६२ जनामा संक्रमण देखिएको थियो। बिहान ९ र अपराह्न ५३ जनामा संक्रमण देखिएको हो। पछि देखिएका १८ जनासंँगै साेमबार मात्रै ८० जनामा संक्रमण देखिएको छ।  संक्रमितमा सबभन्दा बढी बाँकेमा ५९ जनामा देखिएको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताए।

साेमबार देखिएको संख्या सबभन्दा बढी हो ।संक्रमितको संख्या ३७५ पुगेको छ । दुई जनाको कोभिड –१९ का कारणले मृत्यु भएको छ । सहप्रवक्ता डा अधिकारीका अनुसार संक्रमितको अवस्था सामान्य रहेको र उहाँहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width