रोल्पा, २ जेठ । लकडाउनयता जिल्लामा दुई जबर्जस्ती करणीका घटना भए । गत चैत २५ गते परिवर्तन गाउँपालिका ५ का ३० वर्षीय अर्जुन घर्तीले एक युवतीलाई जबर्जस्ती करणी गरेका थिए । अभियुक्त घर्तीलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएपछि अदालतको आदेशमा अहिले उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय का प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिनुभयो।
गत वैशाख ९ गते रुन्टीगढी गाउपालिकामा १६ वर्षीय युवकले बालिकालाई जवर्जस्ती करणी गरे । पीडक अहिले फरार छन् । बालिका भने परिवासँंगै छिन् । पीडित बालिकाको अवस्था अहिले सामान्य रहेको प्रनाउ गुरुङले जानकारी दिनुभयो । फरार अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ।
कोभिड –१९ को सन्त्राससँंगै सरकारले घोषणा गरेको लकडाउनको समय थपिँदै जाँदा महिला हिंसाका घटना समेत बढिरहेका छन् । यसबीचमा महिला घरेलुका साथै यौन हिंसाको समेत शिकार भएका छन् । लकडाउनले घर बाहिर निस्कने अवस्था नहुँदा हिंसा सहेर बसेको सरोकार पक्षको भनाइ छ।
घटना प्रशस्त भए पनि जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको महिला तथा बालबालिका सेलमा भने चार मात्रै उजुरी परेका छन् । उजुरी दिएकामध्ये तीन जनालाई मिलापत्र गरेर पठाइएको र एक जनाको छलफल हुन बाँकी नै रहेको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेल इञ्चार्ज मीना विकले बताउनुभयो।
उजुरी गर्नेहरु पनि सदरमुकाम आसपासका पीडित रहेको इञ्चार्ज विकले बताउनुभयो । हिंसा पीडितले महिला तथा बालबालिका सेलमा फोन गरेर आफ्ना समस्या उजुरी गरेकै आधारमा पनि आफूहरुले समस्या सम्बोधन गर्ने गरेको उहाँले बताउनुभयो । “यस अवधिमा पतिबाट कुटपिटमा परेर हिंसा भोगिरहेका महिलाहरुको संख्या धेरै देखिएको छ”, विकले भन्नुभयो।
लकडाउनका कारण घर बाहिर निस्कन सक्ने अवस्था नभएकाले कतिपय महिला हिंसा लुकाउन बाध्य भएको महिला मानवअधिकार रक्षक सञ्जाल रोल्पाका अध्यक्ष तीर्था आचार्य बताउनुहुन्छ । भौगोलिक विकटताले बालबालिकालाई लिएर सदरमुकाम आउन नसकेकै कारण महिला हिंसा सहेर बस्न बाध्य रहेको अध्यक्ष आचार्यको भनाइ छ । “स्थानीय तहको न्यायिक समिति, स्थानीय प्रशासन र अदालतमा गएर उजुरी गर्ने वातावरण नहुँदा महिलाहरु हिंसा सहन बाध्य छन्”, आचार्यले भन्नुभयो, “नजिकको प्रहरी युनिटमा समेत उजुरीपश्चात् छलफल गर्ने वातावरण छैन।”
घरेलु हिंसा भोगिरहेका करीब १२ महिलाले मोबाइलबाट कुराकानी गरेको आचार्यको भनाइ छ । यस अवधिमा मादक पदार्थ सेवन गरेर श्रीमतीमाथि कुटपिट गर्ने खालको घरेलु हिंसाका घटना बढी देखिएको आचार्यले बताउनुभयो । सामान्य भन्दा यस्तो अवस्थामा हिंसाका घटना बढी मात्रामा हुने शारीरिक श्रम नगरेर घरमै बसिरहँदा आपराधिक मानसिकता भएकाहरुले यस्तो बेला हिंसाका घटना गराउने गरेको प्रनाउ गुरुङ बताउनुहुन्छ । उहाँका अनुसार जस्तोसुकै अवस्थामा पनि प्रहरी यस्ता घटना नियन्त्रणका लागि सजग छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षमा करणीका १३ उजूरी परेका छन् । त्यसरी प्राप्त उजुरीमध्ये १२ जबर्जस्ती करणी र एउटा जबर्जस्ती करणी उद्योगका रुपमा घटना दर्ता भएका छन । यो संख्या अघिल्ला वर्षमा हुने करणीका घटनाको तुलनामा धेरै हो।
Related News
सम्बन्धित समाचार
विद्यार्थीलाई यौन दुव्र्यवहार आरोपमा शिक्षक पक्राउ
डेढ करोड ठगेर ललित फरार
सामाजिक सञ्जालबाट पोखरामा ५७ लाख लुटियो
किशोरी बिक्री गर्न खोज्ने फन्दामा
रविलाई ३ मुद्दामा कारबाही सिफारिससहित प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन
hero news full width
मुख्य समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
माघ १०, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
माघ १०, २०८१