अष्ट्रियन नागरिकले बाँडे राहत

विनिता सुनार
वैशाख ३०, २०७७
97419477_840802659662445_2865122586663059456_n 3

पोखरा, बैशाख ३० । अष्ट्रियन नागरिक थोमेस जोमेजले लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारलाई राहत वितरण गरेका छन् ।

कोरोना भाइरस नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण पर्न गएको समस्यालाई मध्येनजर गर्दै छा–या अष्ट्रियाको सहयोगमा पोखरा दृष्टि मार्गका विपन्न परिवारलाई रहात वितरण गरेका हुन् ।

पोखरा महानगरपालिकाको सहकार्यमा उनले आफ्नो टिम सहित आज (मंगलबार) ७५ परिवारलाई राहत वितरण गरेका छन् ।

उनीहरुले २५ के.जी चामल, १ के.जी रातो दाल, १ पोका सोयाबिन, १ लिटर तेल, १ पोका नुन र २ वटा साबुन गरि प्रति परिवारलाई वितरण गरेको थोमेस जोमेजले बताए। छा–या अष्ट्रियाले नेपालका लागि गरेको सहयोगबाट नै आफुहरुले राहतको व्यवस्थापन गरेको उनले जानकारी दिए ।

लकडाउनका कारण आफ्नो टोल छिमेकीका परिवारमा परेको समस्यालाई मध्येनजर गर्दै उनीहरुले यो अभियान सुरु गरेको पोखरा महानगरपालिका–६ का वडा अध्यक्ष जगतबहादुर पहारीले जानकारी दिए ।

थोमेस जोमेज अष्ट्रियाका नागरिक हुन् । उनी नेपालमा आाएको दुई बर्ष भयो, बर्षमा उनी ५ महिनामात्र नेपालमा बस्छन् ।

हाल कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनले विपन्न परिवारमाथि परेको समस्यालाई समाधान गर्न उनीहरुले अबदेखि हरेक हप्ताको मंगलबार राहत वितरण गर्ने योजना बनाएका छन् ।

थोमेसलाई उक्त अभियानमा छा–या अष्ट्रियासँगै टम, माइक, डा.रविराज तिमिल्सिना, ध्रुव बस्नेत, संगीता बस्नेत लगायतले सहयोग गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width