परिवार पाल्न गाह्रो भो-चेपाङ समुदाय

रासस
वैशाख २५, २०७७
IMG_9265_big

मुग्लिन, २५ वैशाख । कोभिड–१९ं को जोखिम हुन नदिन लकडाउन जारी रहदा दैनिक ज्यालादारी मजदुरी गरेर जीवनयापन गर्दै आएका परिवार समस्यामा परेका छन् । चितवनको इच्छाकामना गाउँपालिकाका चेपाङ समुदाय पनि यतिबेला समस्यामा परेका छन् ।

पाखोबारीमा उब्जाएको कोदो, मकैले ६ महिना पनि खान नपुग्ने ती समुदायले बाँकी छ महिना भने अन्यत्र गएर दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्ने गर्छन् । तर अहिले ज्याला मजदुरी गर्न नपाएपछि उनीहरुलाई बिहान बेलुका छाक टार्न मुस्किल परेको छ । गाउँपालिकाले एक महिनाअघि १० केजी चामल वितरण गरेका थिए । तर १० केजी चामल सकिसकेकाले अब घरमा चुल्हो बल्न नसक्ने अवस्था आएको दैनिक ज्याला मजदुरी गरी चारजनाको परिवार पाल्दै आउनुभएको इच्छाकामना–३ धुषाका गमबहादुर चेपाङले बताए । अहिले काम गर्न नै नपाएपछि बिहान बेलुका छाक टार्न मुस्किल भएको उहाँको भनाइ छ ।

उनले भने “बारीको उब्जनीले ६ महिना पनि खान मुस्किल हुन्छ बाँकी ६ महिना बाहिर जिल्लामा गएर ज्याला मजदुरी गरेर परिवार पाल्ने हो तर अहिले अनिकालकै समयमा ज्याला मजदुरी ठप्प हुदाँ घरमा चुल्हो बल्न गाह्रो भएको छ गाउँपालिकाले दिएको १० केजी चामल पनि सकियो ।” अर्का स्थानीय सिद्धान्त चेपाङका अनुसार यहाँका ती समुदायका केहीले तरकारी खेती पनि गर्छन् तर फलाएको तरकारीसमेत बजारमा बिक्री गर्न पाएनन् । बेच्ने बेला भएको काँक्रो बोटमै कुहिएर खेर गएको उनको भनाइ छ ।

उनले अब सरकारले आफूहरुलाई काम (रोजगार) दिनुपर्ने बताए । दैनिक काम गर्न पाए मात्र परिवार पाल्न सकिने यहाँका ती समुदायको भनाइ छ । जग्गा जमिनको कमी भएका कारण पनि कृषिमा आत्मर निर्भरसमेत बन्न नसकेको पनि उनीहरु बताउँछन् । धुषमा मात्र ५३ घर ती समुदायका परिवार छन् । अधिकांशले दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्दै आएका छन् । गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले भने चेपाङ समुदाय मात्र नभएर दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्दै आएका सम्पूर्ण परिवारका सदस्यलाई गाउँपालिकाले विकास निर्माणका काममा लगाउने जानकारी दिए । अब गाउँपालिकाले विकास निर्माणका काम पनि सञ्चालन गर्ने र गाउँपालिकाभित्रका विपन्न दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्दै आएका विपन्नलाई रोजगार दिइने बताए ।

उनले भने “अब विकास निर्माणका कामलाई विस्तारै कोरोनासँग जोगिँदै आवश्यक सतर्कता अपनाई सञ्चालन गर्दैछौँ, सडक खाने पानी र बिजुलीलगायतका कामलाई निरन्तरता दिनेछौँ विकास निर्माणसँगै रोजगार सिर्जना हुनेछ जसले गर्दा राहत वितरण गर्नुपर्ने सङ्ख्या पनि घट्ने छ ।” तत्काल चुल्हो बल्ने अवस्था नआए वडा कार्यालय अर्थात् गाउँपालिकामा सम्पर्क गर्न पनि उनले अनुरोध गरे । त्यस्तो अवस्थामा आएमा तत्काल राहत उपलब्ध गराउने बताए ।

Related News

सम्बन्धित समाचार

  • पंगेनीको प्रस्तुतिमा रमाए दर्शक

    आदर्श समाज सम्वाददाता माघ ४, २०८१
    पोखरा । लोकप्रिय गायक बद्री पंगेनीको प्रस्तुतिमा पोखरेली दर्शक रमाएका छन् । प्रायः वियोगान्त गीत गाएर दर्शकलाई रुवाउने लोक तथा…
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शिक्षा र स्वास्थ्यमा ठूलो परिवर्तन भएको बताएका छन् । कुलपति हैशियतमा पोखरा स्वास्थ्य…
  • करार र काजले भरिएको पोखरा महानगर

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । तनहुँ घिरिङ गाउँपालिकामा कार्यरत् सातौं तहकी इन्जिनियर ज्योति थापा २०७७ फागुनमा पोखरा महानगर काजमा सरुवा भइन् । काज…
  • काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछाने धरौटीमा रिहा भएका…
  • पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । पोखरा वडा कार्यालय १५ आयोजनामा बुधबारदेखि तेस्रो बृहत् खेलकुद महोत्सव सुरु भएको छ । वन विज्ञान अध्ययन संस्थानको…

hero news full width